Skip to main content

राजीनामा हैन, राजनीतिक संस्कारको विकास चाहियो प्रधानमन्त्रीज्यू !

केपी ओली प्रतिनिधिसभा निर्वाचन २०७४ ताका आम जनता माझमा सबैभन्दा ज्यादा भरोसा गरिएका राजनीतिक व्यक्ति हुन् । उक्त चुनावबाट प्रचण्ड बहुमत पाएर प्रधानमन्त्री बनेका उनी आधा कार्यकाल नबित्दै अलोकप्रियताको शिखर चढिसकेका छन्। प्रतिपक्षी दलले त सरकारको विरोध गरिरहेका छन् नै, आफ्नो दलभित्रै प्रधानमन्त्री अल्पमतमा परेका खबर सार्वजनिक भइरहेका छन्। जनतामाझ असन्तोषको भावना बढिरहेको छ। प्रधानमन्त्री संचारमाध्यम र आफूलाई आलोचना गर्ने सबैलाई तीखा वचन प्रहार गर्नमै व्यस्त देखिन्छन्। आफूप्रति किन यस्ता आलोचना आए भनेर उनले सोच्नै चाहेका छैनन् । उनी आफूले जे गरेपनि गुणगान नै सुनिरहने भोक मेटाउन खोजिरहेका देखिन्छन् । आलोचना गर्नेप्रति उनी असहिष्णु देखिन्छन्। यो अवस्थाले उनलाई कहाँसम्म पुर्‍याउने हो, आफैँ जानून्। तर यस्तै रहिरहे देश झन् अधोगति लाग्ने निश्चित छ।

 म पनि उक्त चुनावमा प्रत्यक्षतर्फ केपी ओलीलाई मतदान गर्ने मध्येको एक हुँ। चुनावताका अन्य धेरै मानिस जस्तै म पनि आफ्नो गृहजिल्ला झापाको गौरादह नगरपालिका पुगेको थिएंँ । यो झापाका पाँच निर्वाचन क्षेत्रमध्ये पाँचौ निर्वाचन क्षेत्र हो जुन  क्षेत्रबाट वर्तमान प्रधानमन्त्री केपी ओली निर्वाचित भएर आएका हुन् । झण्डा बोकेर नदगुरेपनि हामी केही युवाहरू छलफल गर्दै ओलीलाई जिताउनुपर्छ भन्ने जाहेर गर्थ्यौँ। समानुपातिकतर्फ साझा विवेकशीललाई मत हाल्ने चर्चा हुन्थ्यो किन भने यसलाई पनि विकल्पको रूपमा हेरिएको थियोे। "कुकुरै उठेपनी रुखमै भोट हाल्छु" भन्नेहरूले समेत यो पटक ओलीलाई भोट दिने भनेर कुरा गर्थे। ओलिको  राष्ट्रवादी पदवीले पनि राम्रोसँग बजार लिएको थियो। उनलाई कतिपयले राजनेताको पनि पगरी गुथाएर स्तुतिगान गरे। मैले ओलीलाई धुरीमा चढाउनु आवश्यक देखेको त थिइन तर एउटा सचेत मतदाताको रूपमा हेर्दा चर्चामा आएकामध्ये ओली नै प्रधानमन्त्रीका उत्तम विकल्प हुन् भन्ने निश्चित गरिसकेको थिएंँ। मजस्ता धेरै जनताहरूले  ओलीलाई नै प्रधानमन्त्रीको रूपमा देख्न चाहेका थिए।

त्यो बेला एकताको घोषण गरिसकेका माओवादी केन्द्र र एमालेप्रति आम जनताको ठूलो भरोसा थियोे। बहुमत मानिसहरूले नेकपालाई रुचाए जसका पछाडि निश्चित कारणहरू थिए जसलाई निम्न  बुँदामा राखेर हेर्न सकिन्छ:-

Comments