Skip to main content

राजीनामा हैन, राजनीतिक संस्कारको विकास चाहियो प्रधानमन्त्रीज्यू !

केपी ओली प्रतिनिधिसभा निर्वाचन २०७४ ताका आम जनता माझमा सबैभन्दा ज्यादा भरोसा गरिएका राजनीतिक व्यक्ति हुन् । उक्त चुनावबाट प्रचण्ड बहुमत पाएर प्रधानमन्त्री बनेका उनी आधा कार्यकाल नबित्दै अलोकप्रियताको शिखर चढिसकेका छन्। प्रतिपक्षी दलले त सरकारको विरोध गरिरहेका छन् नै, आफ्नो दलभित्रै प्रधानमन्त्री अल्पमतमा परेका खबर सार्वजनिक भइरहेका छन्। जनतामाझ असन्तोषको भावना बढिरहेको छ। प्रधानमन्त्री संचारमाध्यम र आफूलाई आलोचना गर्ने सबैलाई तीखा वचन प्रहार गर्नमै व्यस्त देखिन्छन्। आफूप्रति किन यस्ता आलोचना आए भनेर उनले सोच्नै चाहेका छैनन् । उनी आफूले जे गरेपनि गुणगान नै सुनिरहने भोक मेटाउन खोजिरहेका देखिन्छन् । आलोचना गर्नेप्रति उनी असहिष्णु देखिन्छन्। यो अवस्थाले उनलाई कहाँसम्म पुर्‍याउने हो, आफैँ जानून्। तर यस्तै रहिरहे देश झन् अधोगति लाग्ने निश्चित छ।

 म पनि उक्त चुनावमा प्रत्यक्षतर्फ केपी ओलीलाई मतदान गर्ने मध्येको एक हुँ। चुनावताका अन्य धेरै मानिस जस्तै म पनि आफ्नो गृहजिल्ला झापाको गौरादह नगरपालिका पुगेको थिएंँ । यो झापाका पाँच निर्वाचन क्षेत्रमध्ये पाँचौ निर्वाचन क्षेत्र हो जुन  क्षेत्रबाट वर्तमान प्रधानमन्त्री केपी ओली निर्वाचित भएर आएका हुन् । झण्डा बोकेर नदगुरेपनि हामी केही युवाहरू छलफल गर्दै ओलीलाई जिताउनुपर्छ भन्ने जाहेर गर्थ्यौँ। समानुपातिकतर्फ साझा विवेकशीललाई मत हाल्ने चर्चा हुन्थ्यो किन भने यसलाई पनि विकल्पको रूपमा हेरिएको थियोे। "कुकुरै उठेपनी रुखमै भोट हाल्छु" भन्नेहरूले समेत यो पटक ओलीलाई भोट दिने भनेर कुरा गर्थे। ओलिको  राष्ट्रवादी पदवीले पनि राम्रोसँग बजार लिएको थियो। उनलाई कतिपयले राजनेताको पनि पगरी गुथाएर स्तुतिगान गरे। मैले ओलीलाई धुरीमा चढाउनु आवश्यक देखेको त थिइन तर एउटा सचेत मतदाताको रूपमा हेर्दा चर्चामा आएकामध्ये ओली नै प्रधानमन्त्रीका उत्तम विकल्प हुन् भन्ने निश्चित गरिसकेको थिएंँ। मजस्ता धेरै जनताहरूले  ओलीलाई नै प्रधानमन्त्रीको रूपमा देख्न चाहेका थिए।

त्यो बेला एकताको घोषण गरिसकेका माओवादी केन्द्र र एमालेप्रति आम जनताको ठूलो भरोसा थियोे। बहुमत मानिसहरूले नेकपालाई रुचाए जसका पछाडि निश्चित कारणहरू थिए जसलाई निम्न  बुँदामा राखेर हेर्न सकिन्छ:-

Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...