भाव वा अर्थका हिसाबले वाक्यलाई पाँच प्रकारमा वर्गीकरण गर्न सकिन्छ । १) सामान्यार्थक :- क्रियाको सामान्य भाव बुझाउने वाक्यलाई सामान्यर्थक वाक्य भनिन्छ। सामान्यर्थक वाक्यले सामान्य रूपमा हो वा होइन भन्ने अर्थ आउने गरी क्रियाको भाव बुझाउँछ। काल / पक्षमा प्रयोग हुने सम्पूर्ण रूपहरू सामान्यार्थक वाक्य हुन् । - राम घर जान्छ । - राम घर गयो । - राम घर जानेछ । आदि । २) इच्छार्थक/विध्यर्थक :- इच्छा, आशीर्वाद वा शुभकामनाको भाव बोक्ने क्रियपदको प्रयोग भएको वाक्यलाई इच्छार्थक वाक्य भनिन्छ । · प्रथम पुरुष - म हिडूँ । ( धातु+ऊँ) - हामी हिडौँ ( धातु+औँ) · द्वितीय परुष - तँ डुलेस् । (धातु+ एस्) - तिमी पढे । (धातु+ ए) - तिमीहरू घर गए । (धातु+ए) - तपाईँ पढ्नुहोओस् । (धातु+ नुहोओस्) - हजुर पढ्नुहोओस् । (धातु+ होओस्) · तृतीय पुरुष - ऊ पढोस् ।(धातु+ओस्) - तिनीहरू पढून् । (धातु+ ऊन्) -
व्यक्तिगत रचना, विचार, यात्रा, अनुभव