Skip to main content

नेपाली व्याकरण



भाषा
यो संसारमा ६ हजारभन्दा ज्यादा भाषाको अस्तित्व रहेको बताइन्छ। विचार विनिमय गर्ने माध्यम भाषा हो । भाषाको प्रयोगले मानिसले आफ्नो ज्ञान र अनुभव बाँड्न र ग्रहण गर्न पाएका छन् । मानव सभ्याताको विकासको प्रमुख कारण नै भाषा हो । भाषाको विकास हुन लामो समय लागेको छ। भाषा एकछिनको प्रयासमा विकास हुने कुरा होइन। निरन्तरको सामाजिक समझौतापछि भाषाको विकास भएको छ । कुन ध्वनि सङ्केतले कुन कुरालाई बुझाउने हो भन्ने यकिन गर्न छोटो समयले पुग्ने पनि होइन। उड्ने एक पक्षी बुझाउन ढुकुर र चारखुट्टे एक जनावर बुझाउन कुकुर शब्द स्थापित हुन ध्वनि उच्चारण र अभ्यासको लामो परम्परा चाहिन्छ । ढुकुरले कुकुरकुकुरले ढुकुर नबुझाउनुमा ध्वनि उच्चारणको आधारमा समाजले गरेको सहमति नै हो ।

नेपाली भाषा नेपालमा मात्रै नभएर नेपालभन्दा बाहिर पनि धेरै देशमा बोलिने भाषा हो । नेपाली भाषा नेपालभित्र त साझा सम्पर्क भाषा हुँदै हो र यो बाहेक नेपाल मूल भएका र नेपालसँग कुनै न कुनै समयमा कुनै न कुनै प्रकारको सम्बन्ध कायम भएका विश्वमा छरिएर रहेका विभिन्न जातिको  साझा सम्पर्क भाषाको रूपमा नेपाली भाषाले काम गरेको छ। नेपाली भाषा यी सबैका लागि पहिचान र गौरवको विषय हो।
मानिसले आफ्नो भाषालाई प्रेम गर्नुपर्छ। भाषाहरू राष्ट्रका सम्पत्ति हुन् । भाषा मानिसको पहिचानसँग जोडिएका विषय हुन् । भाषाको संरक्षणले मानिसको पहिचानको पनि संरक्षण हुन्छ । राज्यले आफ्नो क्षेत्रभित्र बोलिने सम्पूर्ण भाषाको संरक्षणमा ध्यान दिनु आवश्यक छ । मानिस आफैँ पनि आफ्नो भाषाको संरक्षणमा लाग्नुपर्छ । प्रयोगले नै भाषाको संरक्षण र विकास हुने हो त्यसैले आफ्नो भाषाको गौरवपूर्ण प्रयोग गर्न हिचकिचाउनु हुँदैन । सामान्यतया मातृभाषा, देशको पहिचान बोकेको भाषा, अन्तर्राष्ट्रिय भाषा र प्राचीन ज्ञानका भण्डार (संस्कृत, ल्याटिन) आदि भाषाको ज्ञान भएमा मानिस जहाँ गएपनि र जोसुकैका अगाडि आफूलाई सक्षम रूपमा प्रस्तुत गर्न सक्छ ।








पाठ १
नेपाली वर्णहरू

वर्ण भनेको भाषाको सबैभन्दा सानो टुक्रा हो । वर्ण भनेको भाषाका उच्चारित ध्वनिहरूको समूह हुन् । वर्णविज्ञान अन्तर्गत भाषाका वर्णहरूको अध्यय गरिन्छ। नेपाली भाषामा निम्न वर्णको प्रयोग भएको पाइन्छ ।



क)   
क)   नेपाली स्वरवर्ण
अन्य वर्णको सहायता नलिई आफैँ उच्चारण हुनसक्ने ध्वनि स्वर ध्वनि हुन्। श्वासप्रवाहमा कुनै बाधा नभई उच्चारण गर्न सकिन ध्वनि स्वर ध्वनि हुन्। नेपालीमा लेख्य परम्परामा निम्न तेह्र प्रकारका स्वरवर्ण छन् - ,,,,,, ,,,,, अं, अः ।
उच्चारणका हिसाबले नेपाली स्वरवर्ण जम्मा ६ प्रकारका मात्रै छन् , ,,,, ‌ओ । अतिरिक्त लेख्य चिन्ह ई,, ,,, अं, अः लेख्य परम्पारामा मात्रै प्रयोग हुन्छन् ।
नेपाली स्वर वर्णलाई उच्चारण गर्दा हुने उच्चारण अवयवको भूमिका अनुसार निम्नजलिखित तरिकाले वर्गीकरण गरिएको पाइन्छ ।
·         मांसपेशीको आधारमा [दृढ स्वर इ  आ उ शिथिल स्वर ए अ ओ]
·         जिब्रोको सक्रिय भाग (अग्र इ ए, केन्द्रीय आ र पश्च उ ओ अ)
·         जिब्रोको उचाइ(उच्च उ इ, उच्च-मध्य ए ओ, निम्न-मध्य अ र निम्न आ)
·         ‍ओठको अवस्था (गोलित उ ओ र अगोलित अ आ इ ए)








ख)   नेपाली व्यञ्जनवर्ण
ध्वनिको उच्चारण गर्दा श्वासप्रवाहमा बाधा भएर उच्चारण हुने वर्ण  वर्ण व्यञ्जनवर्ण हुन् । व्यन्जनवर्ण उच्चारण गर्न स्वरको सहायता आवश्यक पर्छ । नेपाली लेख्य परम्परामा छत्तीस प्रकारका व्यन्जनवर्णको प्रयोग भएको पाइन्छ। ती निम्नअनुसार छन्
                           
                     
                       
                       
                      
                
                
क्ष     त्र      ज्ञ
यसरी व्यन्जनको जम्मा सङ्ख्या छत्तीस देखिए पनि क्ष, त्र र ज्ञ संयुक्त व्यन्जन हुन् । श,ष र स को उच्चारण नै हुन्छ । ञ र ण को पनि अन्य वर्णबाट सम्भव हुन्छ। यसरी उच्चार्य नेपाली व्यन्जन वर्ण निम्न मात्रै छन्

                           
                     
                       
                       
                      
                
     
नेपाली उच्चार्य परम्पारामा प्रयोगमा नआएका वर्ण लेख्य परम्पारामा र व्याकरणको दृष्टिमा अनिवार्य छन्।

(अ)   उच्चारण स्थानको आधारमा नेपाली व्यञ्जन
उच्चारण गर्दा घाँटीदेखि ओठसम्म सास रोकिने स्थानको आधारमा व्यञ्जनवर्णको उच्चारण हुने स्थान पक्का गरिन्छ । उच्चारण स्थानका आधारमा वर्णको वर्गीकरण निम्न अनुसार देखाइएको छ :
१)     अतिकण्ठ्य (स्वरयन्त्रमुखी)
घाँटीको तल्लो भाग वा श्वासनलीको मुखबाट उच्चारण हुने वर्ण- ह ।
२)     कण्ठ्य (कोमलतालु) ‌
नाक र मुखको प्वाल छुट्टिने ठाउँदखि बाहिरपट्टि तालुको गिलो भाग हुन्छ । यसको ठीक तल जिब्रोको पश्च भाग हुन्छ । त्यही कोमल भागबाट उच्चारण हुने वर्ण – क, ख, ग, घ, ङ ।
३)     तालव्य
कोमलतालुभन्दा बाहिरतर्फ साह्रो र चिल्लो भाग तालु हो । यो स्थानबाट उच्चारण हुने वर्ण : य
४)     वर्त्स्य (दन्तमूलीय)
तालुको चिल्लो भाग सकिएपछि दाँतको फेदसम्मको भागबाट उच्चारण हुने वर्णहरू च, छ, ज, झ, ट, ठ, ड, ढ, न, र, ल, स दन्तमूलीय हुन् ।
५)     दन्य
माथिल्ला दाँतका लहरमा जिब्रोले छोएर उच्चारण हुने वर्ण त, थ, द, ध दन्य हुन् ।
६)     ‌ओष्ठ्य
तल्लो ओठ र माथिल्लो ओठको सक्रियताबाट उच्चारण हुने वर्ण प, फ, ब, भ, म, व ओष्ठ्य हुन् ।
उच्चारण स्थानको आधारमा नेपाली व्यञ्जन                   






(आ)  उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन
वर्ण उच्चारण गर्दा उच्चारण हुने स्थान र त्यसलाई छुने अवयव (करण)का कारणले श्वासमा प्रभाव पर्छ। जिब्रो, ओठ आदि गतिशील अङ्गले छोएर श्वासमा प्रभाव हुनु उच्चारण प्रयत्न हो । उच्चारण प्रयत्नका आधारमा वर्णको वर्गीकरण निम्न अनुसार देखाइएको छ :
१)     स्पर्शी
उच्चारण हुने स्थान र त्यसलाई छुने अङ्ग वा करण ट्याप्प जोडिएर सास पूरै रोकिएर उच्चारण हुने वर्ण  स्पर्शी हुन् ।                                              
                                                         
२)     सङ्घर्षी
उच्चारण अवयव (उच्चारण हुने स्थान र त्यसलाई छुने अङ्ग) हल्कासँग टाँसिएर सुसाउँदै सास बाहिर निस्कने वर्ण सङ्घर्षी हुन् ।      
३)     स्पर्ष-सङ्घर्षी
पहिले स्पर्श विधिमा जस्तै ट्याप्पै जोडिने र पछि सङ्घर्षीमा जस्तै हल्का टाँसिएर उच्चारण हुने वर्ण स्पर्ष-सङ्घर्षी हुन् ।                  
४)     नासिक्य
यस्ता वर्णको उच्चारणमा नाकबाट सास जान्छ ।             
५)     कम्पित
सासको जोडले जिब्रो थर्किएर उच्चारण हुन्छ ।      
६)     पार्श्विक
जिब्रोको उच्चारण स्थानमा छुने तर छेउबाट सास गएर उच्चारण हुन्छ ।      
७)     अर्धस्वर
सास नरोकिने वा हलन्त उच्चारण नहुने वर्ण अर्धस्वर हुन् ।       

उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन











(इ)   घोषत्वको आधारमा नेपाली व्यञ्जन (स्वरतन्त्रीको अवस्था)
श्वासनलीको मुखमा स्वरचिम्टी वा स्वरयन्त्री हुन्छ । यो मासुको दुई पत्रले बनेको  र खुल्ने बन्द हुने स्वभावको हुन्छ ।यसको आधारमा  वर्णलाई दुई प्रकारले विभाजन गर्न सकिन्छ ।
१)     घोष (सघोष)
स्वरचिम्टी हल्का जोडिएर हावाको जोडले घर्षण हुँदै उच्चारित हुन्छन् ।
                                                 
                                                    
२)     अघोष
स्वरचिम्टी निकट रहन्छ । कम्पन वा घर्षण नभई उच्चारण हुन्छन् ।
                                                     
घोषत्वको आधारमा नेपाली व्यञ्जन (स्वरतन्त्रीको अवस्था)












(ई)  प्राणत्वको आधारमा नेपाली व्यञ्जन (सासको मात्रा)
वर्णहरूको उच्चारणमा फोक्सोबाट निस्कने सासको मात्रा  कम र बढी हुनेगर्दछ । यस आधारमा महाप्राण र अल्पप्राण गरेर नेपाली वर्णलाई दुई भागमा विभाजन गरिएको पाइन्छ ।
१)     अल्पप्राण
उच्चारण गर्दा श्वासको शक्ति कम भएमा अल्पप्राण व्यञ्जनवर्ण हुन्छन् ।
                                                 
                                              
२)     महाप्राण
उच्चारण गर्दा श्वासको शक्ति कम भएमा महाप्राण व्यञ्जनवर्ण हुन्छन् ।
                                                 
    
प्राणत्वको आधारमा नेपाली व्यञ्जन (सासको मात्रा)





























पाठ २
नेपाली अक्षर संरचना
ध्वनिभन्दा ठूलो भाषिक एकाइ अक्षर हो । अक्षरको उच्चारण एक झड्कामा हुन्छ । नेपाली वर्णमालाका स्वर वर्णहरू आक्षरिक हुन् भने व्यञ्जनवर्ण स्वरको सहायतामा उच्चारित भएर अक्षर बन्छन्।

नयाँ पाठ

 कथन/उक्तिपरिवर्तन

 

१)     उक्तिपरिवर्तन: उक्तिलाई कथन पनि भनिन्छ। कथन दुई प्रकारका हुन्छन्- क) प्रत्यक्ष कथन र ख) अप्रत्यक्ष कथन। अप्रत्यक्ष कथनबाट प्रत्यक्ष्य कथनमा अथवा प्रत्यक्ष कथनबाट अप्रत्यक्ष कथनमा परिवर्तन गर्ने कथनपरिवर्तन भनिन्छ।

अ)     प्रत्यक्ष कथन: कसैको कथन वा बोलीलाई जस्तो छ त्यस्तै प्रस्तुत गर्नु प्रत्यक्ष कथन हो। प्रत्यक्ष कथनमा कथयिता अंश र कथन अंश गरी दुई भाग हुन्छन्। कथन अंशलाई छुट्याउन उद्धरण चिह्नको प्रयोग गरिन्छ।

१)     रामले भन्यो- म व्यापार गर्छु।

२)     मैले भनेँ- व्यापारका लागि आवश्यक लगानी म उपलब्ध गराउँछु।

आ)    अप्रत्यक्ष कथन : कसैको कथन वा बोलीलाई जस्तो छ त्यस्तै नराख्ने र कथनमा व्याकरणात्म तथा भाषिक परिवर्तन भए पनि वक्ताले व्यक्त गरेको भाव नबिगारी प्रस्तुत गर्नु अप्रत्यक्ष कथन हो। प्रत्यक्ष कथनमा पनि कथन अंश र कथयिता अंश हुन्छ तर यसलाई उद्धरण चिह्नले छुट्याइएको हुँदैन।

१)     म व्यपार गर्छु भनी रामले भन्यो।/ रामका अनुसार ऊ व्यापार गर्छ। रामले व्यापार गर्ने कुरा गर्यो।

२)     मैले व्यपारका लागि आवश्यक लगानी उपलब्ध गराउने वचन दिएँ। / मैले व्यपारका लागि आवश्यक लगानी दिन्छु भनेर भनेँ।

·         अप्रत्यक्ष कथनमा परिवर्तन गर्दा-

क)     कथनको भावअनुसार बताउनु, आदेश दिनु, सोध्नु, स्वीकार गर्नु, प्रश्न गर्नु, अनुरोध गर्नु, बुझाउनु आदि क्रियामा परिवर्तन गर्नुपर्छ।

ख)     यो, यी, यिनी, यहाँ, आज आदि शब्दलाई आवश्यकताअनुसार त्यो, ती, तिनी, त्यहाँ, हिजो आदि शब्दमा बदलिन्छ।

उदाहरण: प्रत्यक्ष- रामले भन्यो, राम्रोसँग पढ, नत्र असफल हुन्छौ।

        अप्रत्यक्ष- रामले राम्रोसँग नपढे असफल हुन्छौ भनेर चेतावनी दियो।

        प्रत्यक्ष- हरिले भन्यो, म तिमीहरूलाई यहाँ काम दिन्न।

       अप्रत्यक्ष- हरिले उनीहरूलाई त्यहाँ काम दिन्न भनेर गर्जियो।

 

 

 

 

अभ्यास:

१)     तलका प्रत्यक्ष कथनका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् ।४

क)     गुरुले भन्नुभयो-तिमी राम्रोसँग पढ।

रामले भन्यो- म मेहनत गर्ने प्रयास गर्छु।

गुरुले भन्नुभयो- खुसी लाग्यो।

रामले भन्यो-“ हजुरको आज्ञाको पालन गर्नु मेरो कर्तव्य हो।”

 

 

 

२)     तलका अप्रत्यक्ष कथनका वाक्यलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्।४

क)     रामले भाइलाई पसलबाट साग किनेर ल्याउन आदेश दियो। भाइले आफ्नो खुट्टा दुखेको कुरा बतायो। रामले भाइको कुरामा शङ्का लागेको बतायो । आमाले भाइ भर्खरै लडेको कुरा रामलाई सुनाउनुभयो।

ख)     आज अर्चनाले आफू विद्यालय नजाने बताइन्। बहिनीले उनी नजाने भए आफू पनि नजाने अडान लिइन्। आमाले विद्यालय जान नमान्नुको कारण सोध्नुभयो। आमाले दुवैजनालाई विद्यालय जान आदेश दिनुभयो।

३)     तलको अनुच्छेदमा भएका प्रत्यक्ष कथनका वाक्यलाई अप्रत्यक्ष कथनमा र अप्रत्यक्ष कथनका वाक्यलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्। ४

क)     गौरवले भन्यो, स्वाधीन काम गर्दैन। स्वाधीनले आफू बिरामी भएको बतायो। अधिकृतले काम गर्न सक्ने नयाँ मान्छे खोजेर ल्याउन निर्देशन दियो। गौरवले भन्यो, “ हुन्छ, म अहिले नै ल्याइहाल्छु।”














Comments

  1. विविध शब्दहरू
    क) अनुकरणात्मक शब्द :- कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ ।
    उदाहरण:
    १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु)
    २) खलखली ( पसिना आउनु)
    ३) गजक्क ( हुनु)
    ४) घुटुक्क ( निल्नु)
    ५) हरहर ( तिर्खा लाग्नु)
    ६) घत्रक्क ( खस्नु)
    ७) चिरबिर ( चरा कराउनु ) आदि

    वाक्यमा प्रयोग
    #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् ।
    # थचक्क = अर्चना खाटमा थचक्क बसी।
    # फटाफट = हरि फटाफट हिँड्दै छ।

    ख) पारिभाषिक शब्द :-
    खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ ।
    उदाहरण:
    १) वैधानिक = विधान वा नियमअनुसारको कुरा
    २) निर्दलीय = कुनै राजनीतिक दलको व्यवस्था नगरिएको
    ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था
    ४) परीक्षण = चेक, जाँच गर्ने काम
    ५) पत्रकार = लेख, रचना, समाचार आदिको सङ्कलन सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति

    ग) प्राविधिक शब्द:-
    कुनै पनि किसिमको विज्ञान, प्रविधि तथा शिल्पकला आदिसँग सम्बन्धित रहेका शब्दहरू प्राविधिक शब्द हुन् । प्राविधिक शब्दहरू पनि पारिभाषिक किसिमका हुन्छन् ।
    उदाहरण:-
    रेडियो = तारको सम्बन्ध नभैई बिजुलीको सहायताबाट टाढाटाढाको खबर आदि प्रसारण गर्ने एक यन्त्र ।।
    प्रसारण= व्यापक रूपमा फैलाउने वा प्रचारप्रसार गर्ने काम
    विषाणु = विषालु वा सङ्क्रामक रोग सार्ने सूक्ष्म जीव ( भाइरस)
    कीटाणु= रोग उत्पन्न गर्ने सूक्ष्मदर्शी सजीव वस्तु
    जीवाणु = अनेक प्रकारको रोग उत्पन्न गर्न सक्ने जीवनशक्तियुक्त सूक्ष्म जीव
    शल्यक्रिया = चिरफारद्वारा शारीरिक उपचार गरि ठीक पार्ने काम

    प्राविधिक /पारिभाषिक शब्दको वाक्यमा प्रयोग
    # प्रश्नावली = सर्वेक्षण गर्न सबै प्रश्नावली तयार पारिएको छ
    # बहुमुखी = देवकोटा बहुमुखी प्रतिभा भएका व्यक्ति थिए।
    # परिपत्र = शिक्षा मन्त्रालयबाट कोरोना महामारीको समयमा विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई परिपत्र गरिएको छ।
    #मसौदा = संविधानको मसौदा तयार गर्न विभिन्न विद्वानको सहयोग लिइएको थियो।
    # समानान्तर = समानान्तर चतुर्भुज बनाउने प्रयासमा अभिषेकले तीन दिन बितायो।

    घ) श्रुतिसमभिन्नार्थक शब्द :-
    सुन्दा एउटै जस्तो लाग्ने तर भिन्न अर्थ जनाउने शब्द श्रुतिसमभिन्नार्थक शब्द हुन् ।
    उदाहरण :-
    १) आँसु = अश्रु / आशु= छिटो
    २) बाग = बगैँचा / बाघ= हिंस्रक जन्तु
    ३) बीस = अङ्क २० / विष= जहर/ बिख
    ४) बा = पिता / वा = अथवा
    ५) गर्व= अभिमान / गर्भ= कोख/ गोप्य स्थान

    ङ) पर्यायवाची शब्द:-
    कुनै शब्दको समान अर्थ दिने शब्दलाई पर्यायवाची शब्द भनिन्छ।
    उदाहरण
    मान्छे = नर, मानिस
    स्कुल = विद्यालय , पाठशाला
    जल = पानी, सलिल

    च) विपरीतार्थक शब्द:-
    उल्टो अर्थ दिने शब्दलाई विपरितार्थक शब्द भनिन्छ।
    उदाहरण :
    स्वर्ग = नर्क
    उच्च = नीच
    चढ्नु = झर्नु
    चोर = साधु
    जित्नु = हार्नु

    छ) अनेकार्थी शब्द:-
    कुनै शब्दको एउटा मात्रै अर्थ नलागेर धेरै अर्थ लाग्ने शब्दलाई अनेकार्थी शब्द भनिन्छ ।
    उदाहरण :
    ताप= दु:ख/ तातो
    दर = भाउ / तीजमा खाने दर
    हार = पराजय/ लहर / माला
    मास = महिना/ दाल / मास्ने काम गर

    ज) लघुतावाची शब्द
    कुनै बस्तुको सानो रूप बुझाउने शब्दलाई लघुतावाची शब्द भनिन्छ।
    झोला ........... झोली
    डालो........... डाली
    पुस्तक .......... पुस्तिका
    अचार..........पित्को
    खुकुरी.......... कर्द

    उखान / टुक्का

    झ) उखान :-
    लोकजीवनमा प्रचलित कथन वा उक्तिलाई उखान भनिन्छ। उखानलाई लोकोक्ति, आहान, कहावत पनि भनिन्छ।
    उदाहरण :-
    १) अड्को पड्को तेलको धूप
    २) अरूको लाख आमाको काख
    ३) आफू नमरी स्वर्ग देखिन्न

    वाक्यमा प्रयोग

    एक हातले ताली बज्दैन = परिवार राम्रोसँग चलाउन श्रीमान र श्रीमतीले एकअर्कालाई साथ दिनुपर्छ, उखान नै छ नि एक हातले ताली बज्दैन ।
    ञ) टुक्का :-
    लाक्षणिक अर्थ लाग्ने रसिलो झरिलो वाक्यांश टुक्का हो। अभिव्यञ्जनपूर्ण टुक्रे वाक्यलाई टुक्का भनिन्छ।
    उदाहरण )
    १) आलु खानु :- मर्नु / असफल हुनु
    २) ज्यान दिनु :- मरिहत्ते गर्नु
    ३) डाडुमा पानी तताएर मर्नु :- हुतीहारा हुनु
    ४) जहाज डुब्नु :- बर्बाद हुनु
    ५) थाङ्नामा सुताउनु :- धोका दिनु/ झुक्याउनु
    वाक्यमा प्रयोग
    # पाउ मोल्नु = कार्यकर्ताहरू आफ्नो काम सफल पार्न नेताको पाउ मोल्न तयार हुन्छन् ।
    # धोती न टोपी हुनु = चोरबाटो प्रयोग गरेर अमेरिका जान लाखौँ खर्च गरेको हरि अहिले धोती न टोपी भएको छ।
    # दिन फर्कनु = दु:खमा बाल्यकाल बिताएको हरिको अहिले दिन फर्किएको छ।



    ReplyDelete

Post a Comment

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आदिको सङ्कलन सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति  ग) प्राविधिक शब्द:- कुनै पनि किसिमको विज्ञान, प्रविध

कारक र विभक्ति

कारक र विभक्ति भाषाको लघुतम एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद क्रियासँगै सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक पदको(नाम, सर्वनाम, विशेषण) सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ । कारक भूमिका   विभक्ति विभक्ति चिह्न उदाहरण कर्ता काम गर्ने (कसले/को ?) प्रथमा ले/बाट/द्वारा   म पुस्तक पढ्छु । कर्म कामको असर पर्ने (के/कसलाई ?) द्वितीय लाई/कन तिमीले राम लाई पिट्यौ। करण काम गर्ने साधन हेतु/कारण (केले / केको सहायता?) तृतीय ले/बाट/ द्वारा ऊ कलम ले लेख्छ । ज्वरो ले थला परियो । सम्प्रदान जसका लागि काम गरिन्छ (प्रापक/ कसलाई ?) चतुर्थी लाई/लागि/ निम्ति बाबाले आमा लाई सारी किनिदिनुभयो। अपादान छुट्टिने स्थान/ सुरु हुने समय   (कहाँबाट ? )

नेपाली भाषाका प्रयोगकर्ता अप्ठ्यारोमा: मार्गदर्शनको अभाव

विमल गौतम gautambro@gmail.com शब्दब्रह्म भनिन्छ । यसरी हेर्दा भाषालाई भगवानको रूपमा मानिएको पाइन्छ । कुनैपनि जातिका लागि उसको भाषा नै उसको पहिचानको आधार हो। नेपाल भाषामा धनी छ । यहाँ १०० भन्दा ज्यादा भाषाहरू बोलिने गरिएको बताइन्छ। नेपाली भाषालाई   नेपालमा सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिइएको छ भने अन्य भाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिइएको छ। यहाँ बोलिने प्रत्येक भाषा नेपालका सम्पति हुन् । नेपालका परिचय हुन् । त्यसैले सबै भाषाको संरक्षण, संवर्द्धन र विकासमा ध्यान दिनु आवश्यक छ । बालबालिकाले सबैभन्दा पहिले आफ्नो मातृभाषाको ज्ञान लिन पाउनुपर्छ । दोस्रो भाषाको रूपमा विभिन्न जातजातिले नेपाली भाषा सिक्ने गरेको पाइन्छ । विभिन्न जातजातिहरू आफ्नो भाषाको उचित संरक्षणमा   सरकारले ध्यान नदिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । संघीय सरकारले सबै भाषालाई उचित स्थान दिन नसकेको तथ्य त छँदै छ तर स्थानीय सरकारले स्थानीय संस्कृति र भाषाहरूको विकासमा गर्नसक्ने योगदान समेत नगरेको देख्दा उदेक लाग्ने अवस्था बनेको छ ।भाषा र संस्कृति गुम्नु भनेको आफू हुनुको अर्थ नै नरहनु हो। यदि कोही मैथ