Skip to main content

Posts

Showing posts from April, 2020

यसकारण मलाई राजनीति मन पर्दैन कथा

गाउँको सिरानमा हाम्रो घर थियो। घर नजिकै भिरालो भाग पारी ढुङ्गैढुङ्गाको खहरे ढाँड, जङ्गल, ठूलो ढुङ्गा र त्यसको अलि माथि चुच्चेढुङ्गा थियो । पाखामा छुट्टै एउटा बाङ्गेसाल थियो घरैबाट स्पष्ट देखिने। साँझतिर चितुवा हिँडिरहेको देखिन्थ्यो कहिलेकाँही त्यो सालको वरिपरि। ढाँडको तल्लो भागमा औले घारी र त्यो भन्दा तल्लो भागमा थकौले घारी, अनि तल भुल्के खोला बगेर भुल्केदोभानमा मलुङ खोलासँग मिल्न गएको। अर्कोतर्फ भुल्केगाउँको पारिपट्टि माधपुर ठाडो शिर पारेर उभिएको थियो। हाम्रो घरबाट पारी कान्छा मुखियाको घर नजिकै झरिरहेको वाग्दु झरना आँखामा टल्किन्थ्यो। साँझको बेला म हाम्रो घरकै घुर्‍यान तल रहेको ढुङ्गामा बस्थेँ। मेरो प्लेग्रुप, नर्सरी र यूकेजी कक्षा त्यही ढुङ्गा थियो। म त्यही ढुङ्गामाथि बसेर साथीहरूसँगै नानाथरी गाउँले राइम्स चिच्याउथेँ, त्यसमा बुबाले भन्ने सवाई, सिलोकका साथै आमाले गाउने घाँसे  र सङ्गिनी गीत आदि पर्थे, कोही उट्पट्याङ गर्नेले सिकाएका कुरा पनि हाम्रोलागि गीत बन्थे। थुप्रै गीतहरूमध्ये मेरो मुखमा झुण्डिएको एउटा यस्तो थियो- "स्कुलमा पढाउँथे हाम्रा शिक्षक कार्कीले रामचन्द्रलाई थप्पड

धर्मसँग उत्पन्न भयहरू: कोरोना अनुभूति

# सुरु देश सुब्बा भन्छन्,"जीवित प्राणीमा चेतना हुन्छ नै । चेतनाकै कारण मान्छेलाई ज्ञान हुन्छ । ज्ञानपछि भय । यही भयबाट निस्किन हामी चारैतिर दौडिरहेका हुन्छौँ, संगठन बनाउँछौँ, देश बनाउँछौँ, सम्पत्ति आर्जन गर्छौँ । आफूलाई बचाउने, सुरक्षित गर्ने सिलसिलामा अरूलाई काट्छौँ, मार्छौँ, आतंकित बनाउँछौँ ।" म भयवादी चिन्तन र दर्शनको गहिराइमा पुग्न असमर्थ छु किनकि मसँग न विषद् दार्शनिक चेत छ न भयवादको व्यापक अध्ययन। सायद चेतना भएकोले नै होला मेरो मनमा भय छ। म भयसँगै हुर्केको हुँ भन्ने मेरो बुझाइ हो र हरपाइलामा भय टेकिरहेको छु। हुन त भय दर्शन नभएर संवेग मात्रै हो भन्ने तर्क पनि बजारमा छ क्यार। जे भएपनि भयको अस्तित्व चाहिँ सत्य हो। अहिले कोरोनामय भय संसार डुलिरहेछ। मेरो मनमा कोरोना सहितका विविध भय डुलिरहेछन्। बन्दाबन्दी चलेर कोठामा थुनिएको अवस्थामा उद्घाटित केही भय पोख्न जाँदै छु। # कोरोना भय कोरोना भाइरसले अहिले महामारीको रूप लिएको छ। एक लाखभन्दा ज्यादा मानिसको मृत्यु भएको छ भने लाखौं मानिस संक्रमणको शिकार भएका छन् र अरबौँ मानिस मानिस आफ्नै घरभित्रै थुनिएका छन्। रोगको मात्रै भय छैन

लकडाउनको स्वरूप संघीय मर्म अनुसार गरी जनजीवन अलि सहज पार्ने कि ?

छिमेकमै कोरोनाको महामारी चल्दा पनि चुपचाप सुतेको हाम्रो सरकार विश्व स्वस्थ्य सङ्गठनले झकझकाएपछि बिउँझेको थियो। बिउँझेको भएपनि पूरै बिउँझन नसकी  आँखा मिच्दै बसिरहेको थियो। सबैभन्दा पहिले त सीमानाका र अन्तर्राष्ट्रिय उडानबाट आवतजावत बन्द गर्न सरकारले ढिलाइ गर्‍यो। फेरि झाँगझुगल पारेपछि सीमाका नागरिकलाई सीमामै अल्पत्र पारेर, मजदूरहरूलाई पूर्वतयारी गर्न नदिइ लकडाउन गर्‍यो। लकडाउन गर्‍यो, हाम्रै लागि गर्‍यो। देशभित्रका नागरिक स्वस्थ्य रहून् भनेर गर्‍यो। हामी लकडाउन मानेर चुपचाप बसेका पनि छौँ। सुतिसुति सरकारको निर्णयलाई सहयोग गरेकै छौँ। सरकारलाई के भन्नु र आफैँलाई सहयोग गरिरहेका नै छौँ। २०७७ वैशाख ३ गतेसम्म त सरकारले लकडाउन लम्ब्याउने निर्णय गरि सकेको छ नै। अब यो भन्दा ज्यादा लकडाउन गर्नुपरे यसको स्वरूप फेर्नुपर्छ कि सरकार ? सबैको आआफ्नो विचार हो अनि लकडाउन गर्नैपर्ने बाध्यता छ भन्ने प्रशस्त आधार पनि होलान् तर यही स्थितिमा देश बन्धक बनाइराख्नु कमसेकम म चाहिँ उचित देख्दिन। हुन त भारले पनि आफूले लकडाउन लम्ब्याउनुको विकल्प नभएको बताइसकेको छ । उता विश्व स्वास्थ्य सङ्गठनका महानिर्देश

विवादलाई पन्छाउँदै अघि बढ्दै छ त लेटाङ ?

मोरङको उत्तरी क्षेत्रमा अवस्थित २१९.२३ बर्गकिलोमीटर क्षेत्रफलमा फैलिएको लेटाङ नगरपालिका पहाड र समथर भूभाग समेटिएको सुन्दर नगरपालिका हो। प्रकृतिक स्रोत र सम्पदाले भरिपूर्ण यो नगरमा पर्यटन विकास र कृषि, जडिबुटी तथा बनजन्य उत्पादनको प्रचुर सम्भावना छ। यसको उन्नतिमा यिनै कुराको विकास भएमात्र सम्भावना छ। लेटाङ नगरपालिका तत्कालीन गाबिस लेटाङ, भोगटेनी, वारङ्गी र जाँते मिलेर बनेको नगरपालिका हो। यो जातीय विविधता बोकेको नगर पनि हो। धरान धनकुटाको सडक नखुल्दा धनकुटा, तेह्रथुम, पाँचथर आदि पहाडी भूभागबाट तराई झर्ने मुख्य बाटो नै लेटाङ थियो अथवा भनौँ लेटाङ तराई झर्ने द्वार थियो। नेपालको दोस्रो जलविद्युत आयोजना शिखरबाँस जलविद्युत आयोजना कुनैबेला लेटाङ क्षेत्रमै पर्दथ्यो, अहिले यहाँ पहिरो गएको छ। लेटाङले यो ऐतिहासिक सम्पत्तिलाई गुमाएको छ। लेटाङमा पर्ने राजारानी धिमाल जातिको आदिभूमि मानिन्छ। यसको थप खोज अनुसन्धान हुनुपर्ने देखिन्छ। राजानी क्षेत्र सुनाखरीको राजधानी पनि हो। अन्तर्धार्मिक शान्तिपार्कको योजना छ जुन विश्वव्यापी  महत्त्वको विषय हो। किसे झरना लगायतका प्राकृतिक छटा छन् । सामुदायिक वनको व्यव

गणतन्त्र जुकाको मुखमा टिमुर भएको छ नेताज्यू: अमिलो !

 तपाईं सुन्नुहुन्छ कि सुन्नुहुन्न थाह छैन। सायद यो झुत्रे कुरा के सुनिराख्नु, लगनका बेला हगन भन्नुहोला। झुक्किएर सुनिहाल्नुभयो भने पनि बुझिदिने प्रयास नै गर्नुहुन्न होला। तर बुझेर मेरो समस्या सम्बोधन गरिदिनुभयो भने धर्मै हुनेछ। एउटा कथा छ। ए होइन, यो त व्यथा पो हो त। अहिले कोरोनाको व्यथाले संसार त्रासमय छ। नेपालीका पुराना व्यथाका अगाडि यो कोरोनाको व्यथा थाङ्नालाई कुटी भाक्क न भुक्क भनेजस्तो भएको छ। हो नेपालीलाई कोरोनाको भन्दा वर्षौंदेखिको व्यथाले पीडित बनाएको छ। बोकाकी आमालाई सधैं रुनुपर्छ रे। यस्तै  छ हाल। मेरा लागि आँखै शत्रु आँखै मित्रु भएको छ। खोलुँ कि बन्द गरुँ पीडा हटेर गएको छैन। वीरताका गाथाहरू छन्, पानाभरी। यी गाथा पनि अर्थ न बर्थ गोविन्द गाई भएका छन्। गाथा रटेर समस्या समाधान हुने भए नेपाल संसारको विकसित  मुलुक भैसकेको हुनेथियो। एक झुन्ड आए र चिच्याए ६२/६३ ताका। राम्रा राम्रा भाषण गरे। बाघको जुँघा उखेल्ने हुँ भने, उखेले पनि  । नेपाली नै अबूझ भएर हो। थाह पाउनुपर्थ्यो कि बेहोस बाघको जुँघा उखेल्नेले केही ख्यास्तैनन् भनेर। बुझिएन, मै उस्तो। अहिले थाह पाएर पछुतो लाग्दै छ कि जुन

दीप प्रज्वलनले तातेको सामाजिक संजाल र यसको मनोवैज्ञानिक राजनीति

शुभंकरोती कल्याणम् आरोग्यं धनसंपदा शत्रुबुध्दि विनाशाय दीपज्योति नमोस्तुते: ।। यो मन्त्र जप्दै आमा दियो घरमा साँझबत्ती बाल्नुहुन्थ्यो ऊ बेला अनि पानीले अभिषेक गर्नुहुन्थ्यो। बाल्नुको तात्पर्य थाह नभएपनी त्यो बेलाको मेरो बालहृदय दियोको प्रकाश जस्तै उज्यालो हुन्थ्यो। आँखा दीपज्योतिमा निमग्न हुन्थे।आमासँगै  म पनि दुई हात जोडेर नमन गर्थेँ । सम्झन्छु, बहुत आनन्द थियोे। सायद स्वर्गको आभा झर्थ्यो त्यो पल। म ज्योतिभित्र गराउँथे। बिजुली आएको थिएन। मट्टीतेलको टुकी बल्थ्यो। मेरा आँखाभने दियोघरको उज्यालोमा नै हुन्थ्यो। केही वर्षपछि बिजुुली आयो। दियोले कम महत्त्व पायो। अहिलेपनी तिहारमा गरिने अनेक बिजुलीका झिलिमिली भन्दा पनि दियोको उज्यालोले ध्यान तान्छ। अचेल घरको पूजाकोठामा त्यो बेलाको जस्तो माटोको दियोघर नभए पनि बत्ती त नियमित नै बाल्ने गरिन्छ। चैतको २३गते साँझ कोरोनाको नकारात्मक शक्ति भगाउने भन्दै नेपालका धेरै शहरमा ७ बजेर ७मिनेटपछि दियो बालियो। शंखघोष गरियो। लगत्तै  सामाजिक संजालमा यो बिषयमा बहस हुनथाल्यो। सकारात्मक र नकारात्मक कुराहरू पढ्न पाइयो। मैले विगत सम्झने मौका पाएँ। महसुस गरेँ। साँच

चैत्रको मात्रै किन पूरै शिक्षा निशुल्क गर्दा हुँदैन सरकार ?

चैत्रको मात्रै किन पूरै शिक्षा निशुल्क गर्दा हुँदैन सरकार ? विमल गाैतम कोरोनाको महामारीको त्रासका कारणले नेपालका सम्पूर्ण विद्यालहरू चैत्र पाँच गते पश्चात बन्द भए ।चैत्रमा १६ गते आइतबार मन्त्रिपरिषद्ले लामो समयसम्म पढाइ नभएकाले निजी विद्यालयहरूले चैत्र महिनाको शुल्कमा छुट दिनुपर्ने निर्देशन दियो ।यो अनुरोध थिएन । निर्देशन थियो ।आफूहरूसँग यस विषयमा कुनैपनि छलफल नै नगरी यस्तो निर्देशन आएको निजी विद्यालयका सङ्गठनहरू प्याब्सन र एनप्याब्सनले बताएका छन्। सरोकारवालाहरूसँग सरसल्लाह नगरी सरकार किन सस्तो लोकप्रियता कमाउन यस्ता निर्णय गर्छ बुझ्न मुस्किल छ । नेपालको संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यको व्यवस्था गरिएको छ।यसको धारा ३१ मा शिक्षा सम्बन्धी हक उल्लेख छ।धारा ३१ को उपधारा २ मा “   प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ”   भनेर उल्लेख भएको भएको छ ।चैत्र महिनाको मात्रै होइन पूरै माध्यमिक शिक्षा निशुल्क पाउनुपर्ने मौलिक हक अन्तर्गत पर्दछ ।यस्तो अवस्थामा चैत्रको मात्र शुल्क नलिन किन निर्देश
तपाईँको काँध गलेन प्रधानमन्त्रीज्यू चैत्र २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देशको नाममा सम्बोधन गर्दै कोरोना विरुद्ध सरकारका कदम प्रभावकारी भएको  बताउँदै गर्दा मेरो दिमागले अनेक मन्थन गर्दै गयो ।लकडाउन लगायतका नीति प्रभावकारी भएपनि कोरोना विरुद्ध सरकारले अन्य काम हुनुपर्ने जसरी नगरेको म जस्तो सामान्य नेपालीको बुझाइ छ।जनतालाई कोठाभित्र थन्क्याएर सरकार पनि कोठाभित्रै थन्किएको यथार्थ सबैमाझ छ ।झन् आपद्का बेला धमिलो पानीमा माछा मार्न खोज्ने सरकारमा बसेकाहरूको चरित्रले त नेपाली जनतामा ठूलो आघात पुगेको छ । सन् २०१९ को डिसेम्बर २१ का दिन ( २०७६ पुष १५ गते ) चीनले हुबेई प्रान्तको बुहान शहरमा विश्व स्वास्थ्य सङ्गठनलाई निमोनिया जस्तो नयाँ रोग देखा परेको जानकारी गरायो । बुहानको सामुद्रिक खाद्यान्न बजार आसपासका मानिसमा सङ्क्रमण फैलिएको हुनाले त्याँहाको बजार बन्द गरेर चीन सरकारले कोरोना विरु द्ध आफ्नो अभियानलाई तीब्रता दिन थालेको थियो तर रोगको कारणको स्पष्ट पहिचान भने भइसकेको थिएन।जनवरी ७ मा आइपुग्दा चीनका अधिकारीहरूले यो रुघाखोकी तथा सार्सजस्ता रोगको भाइरससँग मिल्दोजुल्दो कोरोना

प्रसङ्गमा कुलमान र नेतृत्व

जब कुलमानको नाममा विवाद सुन्छु अनि चौध  बर्ष पहिले लोडसेडिङको विषयमा हामीले गरेको छ्लफल सम्झिन्छु। बिराटनगर पढ्न बसेका हामी साथीहरू बीचमा बिजुली जानासाथ लोडसेडिङको चर्चा हुन्थ्यो। बिजुली कटौतीले गर्दा मानसिकरूपमा समेत दबाब परेको थियो । छलफलको क्रममा एकपटक एकजना इन्जिनियर पढ्दै गरेका दाइले भने कि यो लोडसेडिङ भनेको सब कमाउ धन्दाको नाटक हो । हामीले उनको कुरा पत्याएनौ । सरकारले सबै नेपालीलाई ढाट्न सक्तैन । सानातिना भ्रष्टाचार गरेपनि जनतालाई सधैं नझुक्क्याउला भन्नेमा म र मेरा साथी बिश्वासमा थियौ, जसरी सारा नेपाली बिश्वस्त थिए । तर उनको तर्क थियोे कि बिद्युत आयोजना  निर्माण गर्दा सुक्खा मौसममा हुने पानीको मात्रालाई मापन गरिएकाे हुन्छ ।