Skip to main content

व्याकरण २




 

वाक्यान्तरण

वाक्यलाई लिङ्ग, वचन, पुरुष, आदर, भाव, पक्ष आदि व्याकरणका विभिन्न कोटिका आधारमा वाक्यान्तरण गरिन्छ । 

रूपायनका आधारमा(लिङ्ग, वचन, पुरुष आदि), वाक्यको संरचनाका आधारमा(सरल,जटिल आदि), वाच्यका आधारमा(कर्तृ, कर्म र भाव), कथनका आधारमा(अप्रत्यक्ष र प्रत्यक्ष), ध्रुवीयताका आधारमा (करण र अकरण), वाक्य संश्लेषण र विश्लेषण आदि विभिन्न आधारमा वाक्यान्तरण गर्न सकिन्छ ।

(१)    वाक्यमा सम्बन्ध स्थापना गर्न र व्याकरणअनुसारको अर्थ व्यक्त गर्नका लागि शब्दमा गरिने परिवर्तनलाई  रूपायन भनिन्छ । रूपायन धातुमा अथवा प्रतिपदिकमा हुन्छ । लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, कारक आदि व्याकरणका विभिन्न कोटिका आधारमा शब्दको रूपायन गरिन्छ ।नाम, सर्वनाम, विशेषण र क्रियापदलाई  विकारी शब्द भनिन्छ । यिनै विकारी शब्दमा रूपायन हुन्छ।

(२)   व्याकरणात्मक कोटिहरू

(क)    लिङ्ग

(ख)   वचन

(ग)    पुरुष

(घ)    कारक

(ङ)    काल/पक्ष

(च)    वाच्य

(छ)   भाव

(ज)   आदर

(झ)   प्रेरणार्थक/अप्रेरणर्थक

(ञ)   अकरण/करण

(३)   व्याकरणात्मक कोटिहरूमा रूपायन

(क)    लिङ्ग: पुलिङ्गलाई स्त्रीलिङ्ग र स्त्रीलिङ्गलाई पुलिङ्गमा परिवर्तन गर्दा लिङ्गअनुसारको रूपायन हुन्छ ।

पुलिङ्ग

स्त्रीलिङ्ग

भाइ ज्ञानी छ।

बुबा खाना पकाउनुहुन्छ।

राम नाच्छ ।

गाई चर्छ ।

बोको खोले खान्छ ।

बहिनी ज्ञानी छे

आमा खाना पकाउनुहुन्छ ।

सीता नाच्छे ।

गोरु चर्छ ।

बाख्रो खोले खान्छ ।

 

 

(ख)   वचन : एकवचनलाई बहुवचन र बहुवचनलाई एकवचनमा परिवर्तन  गरी वचनका आधारमा वाक्यान्तरण गर्दा वचनअनुसारको रूपायन हुन्छ।

एकवचन

बहुवचन

म पढ्छु ।

केटी दगुरी।

ऊ खाना खान्छ ।

उनी खाना खान्छन् ।

भाइ खेल्छ ।

चरो उड्यो ।

हामी पढ्छौँ ।

केटीहरू दगुरे।

उनीहरू खाना खान्छन्।

उनीहरू खाना खान्छन्।

भाइहरू खेल्छन् ।

चराहरू उडे ।

 

 

(ग)    पुरुष: नेपाली व्याकरणमा तीन प्रकारका पुरुष छन् । बोल्ने वक्ता प्रथम पुरुष, सुन्ने श्रोता द्वितीय पुरुष र अन्य व्यक्ति बुझाउनेलाई तृतीय पुरुष भनिन्छ ।

 

प्रथम पुरुष

द्वितीय पुरुष

तृतीय पुरुष

म घर जान्छु ।

हामी रोटी खान्छौँ ।

तँ घर जान्छस् ।

तिमीहरू रोटी खान्छौ।

ऊ घर जान्छ।

उनीहरू रोटी खान्छन् ।

 

 

 

(घ)    कारक : रूपका आधारमा कारकलाई सरल र तिर्यक् गरेर दुई भागमा बाँडिएको छ ।

-    सरल कारक

-    तिर्यक् कारक

सरल कारक

तिर्यक कारक

छोरो पढ्छ।

हरि डोको बुन्छ।

साँझ आउँछु ।

राम घर जान्छ।

 

छोरा पढ्छन् ।

हरिले डोका बन्छ।

साँझमा आउँछु ।

राम घरमा जान्छ ।

 


 

कारक र विभक्ति

भाषाको लघुतम एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद क्रियासँगै सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक पदको(नाम, सर्वनाम, विशेषण) सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ ।

कारक

भूमिका

 विभक्ति

विभक्ति चिह्न

उदाहरण

कर्ता

काम गर्ने

(कसले/को ?)

प्रथमा

ले/बाट/द्वारा

 

पुस्तक पढ्छु ।

कर्म

कामको असर पर्ने

(के/कसलाई ?)

द्वितीय

लाई/कन

तिमीले रामलाई पिट्यौ।

करण

काम गर्ने साधन

हेतु/कारण

(केले / केको सहायता?)

तृतीय

ले/बाट/ द्वारा

कलमले लेख्छ ।

ज्वरोले थला परियो ।

सम्प्रदान

जसका लागि काम गरिन्छ

(प्रापक/ कसलाई ?)

चतुर्थी

लाई/लागि/ निम्ति

बाबाले आमालाई सारी किनिदिनुभयो।

अपादान

छुट्टिने स्थान/ सुरु हुने समय  (कहाँबाट ? )

पञ्चमी

देखि/बाट

विराटनगरबाट आयो।

सम्बन्ध

-

षष्ठी

को/का/की/रो/

रा/री/नो/ना/नी

हरिकी दिदीको बिहे भयो।

अधिकरण

अधार दिने

(कहाँ)

सप्तमी

मा/माथि/भित्र

विषे/मुनि

गिलासमा चिया छ।

सम्बोधन

-

-

ए/हे/ओ

­­! राम....

१)     हरिले जङ्गलबाट हँसियाले घाँस काटेर डोकामा हालेर ल्यायो र भैँसिलाई दियो ।

हरि= कर्ता     जङ्गलबाट= अपादान    घाँस= कर्म    हँसिया= करण   डोको= अधिकरण    भैँसी= सम्प्रदान

 

रूपका आधारमा कारकलाई सरल र तिर्यक् गरेर दुई भागमा बाँडिएको छ ।

क)     सरल कारक

ख)     तिर्यक् कारक

भाषाको लघुतम एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद क्रियासँगै सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक पदको(नाम, सर्वनाम, विशेषण) सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ ।

क)     सरल कारक

रूपायन शून्य हुन्छ । वाक्यको संरचनामा नामिक पदमा कुनै परिवर्तन आउँदैन। सामान्य वा अचिन्हित प्रकृतिको हुन्छ । सरल कारकको प्रयोग कर्ता, कर्म र अधिकरण कारकमा हुन्छ । विभक्ति लाग्दैन। नामयोगी लाग्दैन। सामान्य आदरको प्रयोग हुन्छ । एकवचनमा हुन्छ ।

-    राम खोक्छ ।

-    केटी गई ।

-    त्यो आउँदै छ।

-    तिमी बाख्रो हेर ।

-    म खाना पकाउँछु

-    तँ घर बस्छस् ।

-    ऊ सगरमाथा चढ्यो । आदि।

ख)     तिर्यक् कारक

आदरार्थी, विभक्ति चिन्ह लाग्ने, वहुवचन, नामयोगी आदि लाग्ने र रूप बदलिएर प्रयोग हुने कारक तिर्यक कारक हुन् । विकार उत्पन्न हुने कारक तिर्यक् कारक हुन् ।

-    रामले खोक्यो ।

-    केटीहरू गए।

-    उनी राम्रा छन् ।

 

(ङ)    काल/पक्ष: समयको विभाजनलाई नै काल/ पक्ष भनिन्छ । बितिसकेको समय भूतकाल, तत्काल चलेको समय वर्तमानकाल र भविष्यमा आउने समय भविष्यत् काल हो।

 

 

भूत

(थियो/हुनुभयो/थियौँ/थिई/थिइन्)

वर्तमान

(छ/हुनुहुन्छ/छौँ/छे/छिन्)

भविष्यत्

(हुनेछ/ हुनेछिन्/ हुनेछु)

सामान्य

(धातु+थयो/छ/नेछ)

घर गएँ।

हरिले पढ्यो।

सीता नाची।

उहाँले लेख्नुभयो।

म घर जान्छु।

हरि पढ्छ।

सीता नाच्छे।

उहाँ लेख्नुहुन्छ।

म घर जानेछु।

हरि पढ्नेछ।

सीता नाच्नेछे।

उहाँ लेख्नुहुनेछ।

अपूर्ण 

(धातु+दै/ तै )

घर जाँदै थिएँ।

हरि पढ्दै थियो।

सीता नाच्दै थिई।

उहाँ लेख्दै हुनुहुन्थ्यो।

(उहाँ लेख्नुहुँदै थियो।)

म घर जाँदै छु।

हरि पढ्दै छ।

सीता नाच्दै छे।

उहाँ लेख्दै हुनुहुन्छ।

म घर जाँदै हुनेछु।

हरि पढ्दै हुनेछ।

सीता नाच्दै हुनेछे।

उहाँ लेख्दै हुनुहुनेछ।

पूर्ण

(धातु+एको/एका/एकी)

घर गएको थिएँ

हरिले पढेको थियो।

सीता नाचेकी थिई।

उहाँले लेख्नुभएको थियो।

म घर गएको छु।

हरिले पढेको छ।

सीताले नाचेकी छे।

उहाँले लेख्नुभएको छ।

म घर गएको हुनेछु।

हरिले पढेको हुनेछ।

सीताले नाचेकी हुनेछे।

उहाँले लेख्नुभएको हुनेछ।

अज्ञात

(धातु+एछ)

म घर गएछु।

हरिले पढेछ।

सिता नाचिछे।

उहाँले लेख्नुभएछ।

---xxx---

---xxx---

---xxx---

---xxx---

अभ्यस्त

(धातु+थ्यो/थी)

घर जान्थेँ।

हरि पढ्थ्यो।

सीता नाच्थी।

उहाँ लेख्नुहुन्थ्यो।

---xxx---

---xxx---

---xxx---

---xxx---

 

 

 

 

 

(च)    वाच्य: वाक्यमा कर्ता, कर्म वा भाव मुख्य भएर आउने गर्दछ । कर्ता प्रधान भएर आउने वाक्य कर्तृवाच्य, कर्म प्रधान भएर आउने वाक्य कर्मवाच्य र भाव प्रधान भएर आउने वाच्य भाव वाच्य हुन् ।वाच्यलाई निम्नअनुसार राखेर हेर्न सकिन्छ।

अ)     कर्तृवाच्य(active voice):

१)     कर्मसहित(सकर्मक): राम भात खान्छ।

२)     कर्म रहित(अकर्मक) : राम मजाले हाँस्छ।

-    कर्ता प्रधान हुन्छ ।

-    द्वारा/बाट हटाएर कर्तृवाच्य बनाउनुपर्छ ।

-    धातुमा लागेको ‘इ‘ हटाएर आधारभूत क्रियापदको प्रयोग गर्नुपर्छ।

-    आवश्यक भए कर्ममा ‘लाई‘ जोड्नुपर्छ।

-    कर्ता नभएको अकर्तृवाच्यलाई कर्तृवाच्यमा परिवर्तन गर्दा उपयुक्त कर्ता थप्नुपर्छ।( सगरमाथा चढिनेछ।– राम सगरमाथा चढ्ने छ।)

आ)   अकर्तृवाच्य(passive voice)

१)     कर्मवाच्य: रामद्वारा भात खाइन्छ । रामबाट भात खाइन्छ ।

-    कर्मवाच्यमा कर्ता गौण हुन्छ।

-    करण कारकमा परिवार्तन हुन्छ।(रामद्वारा- करण)

-    कर्मअनुसार क्रियाको रूप चल्छ।(रामबाट भात पकाइन्छ। रामबाट बहिनी पढाइन्छे। रामबाट भाइ पढाइन्छ।)

-    [ कर्ता+ तृतीय विभक्ति(द्वारा/बाट)+ कर्म (विभक्ति)+ धातु+इ+ रूपायक प्रत्यय ] को संरचनामा हुन्छ।

-    कर्मको लिङ्ग,  वचन, पुरुष, आदर आदिअनुसार क्रियापदको प्रयोग हुन्छ।

-    यो सकर्मक कर्तृवाच्यबाट बन्दछ।

२)     भाववाच्य: [रामद्वारा ] मजाले हाँसिन्छ।

-     भाव प्रधान रहन्छ ।

-    आधारभूत धातुमा ‘इ‘ जोडी कृदन्त क्रियापद बनाउनुपर्छ। (मजाले निदाइयो।)

-    भाववाची धातुको प्रयोग हुन्छ ।(हाँसियो/ नाचियो/घुमियो आदि)

-    भाववाच्यमा द्वारा नलगाए पनि हुन्छ। [ {भेषराजद्वारा}  ङिच्च हाँसिनेछ ।]

-    [ कर्ता+ तृतीय विभक्ति(द्वारा/बाट)+  धातु+इ+ रूपायक प्रत्यय ] को संरचनामा हुन्छ।

उदाहरण:

कर्तृवाच्य

कर्मवाच्य (सकर्मक क्रिया हुँदा)

भाववाच्य (अकर्मक क्रिया हुँदा)

१)     राम घुम्न जान्छ

२)     राम खाना खान्छ

३)     गीता कलमले लेख्छे।

४)     तिमी हामीलाई पिट्छौ।

५)     राम थचक्क बस्यो।

६)     तिमी सगरमाथा चढ।

७)     दिदी छमछमी नाच्नुहुन्छ।

८)     दिदी छमछमी नाच्नुहुनेछ।

९)     गौरवले चकलेटहरू किन्छ।

-

रामबाट खाना खाइयो।

गीताबाट कलमले लेखिन्छ।

तिमीबाट हामी पिटिन्छौँ ।

-

तिमीबाट सगरमाथा चढियोस्।

-

-

गौरवबाट चकलेटहरू किनिए।

रामबाट घुम्न गइन्छ ।

-

-

-

(रामबाट) थचक्क बसियो।

-

छमछमी नाचिन्छ ।

छमछमी नाचिनेछ ।

-

 

 

 

 

(छ) भाव: भाव वा अर्थका हिसाबले वाक्यलाई पाँच प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।

१)     सामान्यार्थक :- क्रियाको सामान्य भाव बुझाउने वाक्यलाई सामान्यर्थक वाक्य भनिन्छ। सामान्यर्थक वाक्यले सामान्य रूपमा हो वा होइन भन्ने अर्थ आउने गरी क्रियाको भाव बुझाउँछ।

काल / पक्षमा प्रयोग हुने सम्पूर्ण रूपहरू सामान्यार्थक वाक्य हुन् ।

-    राम घर जान्छ ।

-    राम घर गयो ।

-    राम घर जानेछ ।  आदि ।

२)     इच्छार्थक :- इच्छा, आशीर्वाद वा शुभकामनाको भाव बोक्ने क्रियपदको प्रयोग भएको वाक्यलाई इच्छार्थक वाक्य भनिन्छ ।

·         प्रथम पुरुष

-    म हिडूँ । ( धातु+ऊँ)

-    हामी हिडौँ ( धातु+औँ)

·         द्वितीय परुष

-    तँ डुलेस् । (धातु+ एस्)

-    तिमी पढे । (धातु+ ए)

-    तिमीहरू घर गए । (धातु+ए)

-    तपाईँ पढ्नुहोओस् । (धातु+ नुहोओस्)

-    हजुर पढ्नुहोओस् । (धातु+ होओस्)

·         तृतीय पुरुष

-    ऊ पढोस् ।(धातु+ओस्)

-    तिनीहरू पढून् । (धातु+ ऊन्)

-    तिनीहरू डुलून् । (धातु+ऊन्)

-    उनीहरू डुलून् ।

-    राम डुलोस् । (धातु + ओस्)

-    त्यो घर जाओस् ।

·         कर्मवाच्यलाई इच्छार्थक बनाउँदा ‘इयून्‘ / ‘इयोस्‘ थप्ने

-    (आँपहरू खाइन्छ ।) आँपहरू खाइयून् । (धातु+ इयून्)

-    (हरिबाट भाइ पिटिन्छ) हरिबाट भाइ पिटियून् / पिटियोस् ।

३)     आज्ञार्थक :- आदेश, आज्ञा वा अनुरोध गर्ने वाक्यलाई आज्ञार्थक वाक्य भनिन्छ । (धातु+ र/ऊ/नु/खा/ इबक्सियोस्/ होस्)

-    आज्ञार्थमा काल र पक्षको भेद हुँदैन । द्वितीय पुरुषमा मात्र प्रयोग हुन्छ ।

-    तँ र तिमी हुँदा आज्ञार्थक तपाईँ र हजुर कर्ता भए अनुरोधार्थक क्रियापद हुन्छ ।

उदाहरण:

·         तिमी पढ ।

·         तिमी राम्ररी पढ्नू

·         हरि र राम स्कुल जाओ ।

·         तिमी खाना खाऊ ।

·         तपाईँ लेख्नुहोसस् ।

४)     सङ्केतार्थक :- कार्यकारण सम्बन्ध रहेको वाक्य सङ्केतार्थक वाक्य हो। यसमा एउटा क्रियाले कारणको भाव बुझाउँछ भने अर्को क्रियाले कार्यको भाव बुझाउँछ ।

-    मन मिले बिहे हुन्छ ।

-    मन मिल्यो भने बिहे हुन्छ ।

-    आकाश गर्जे पानी पर्छ ।

-    (सागर पौडी खेल्छ।) सागरले पौडी खेले हुन्छ ।

५)     सम्भावनार्थक :- सम्भावना बुझाउने वाक्यलाई सम्भावनार्थक वाक्य भनिन्छ ।

(धातु+उँला)

जाउँला/खाउँला/ घुमौँला/

जालास्/ खालास्/ घरमौली

घुम्लान्/घुम्लिन्/

जान्छन् होला/ भएको होला

-    म पढुँला ।(सामान्य सम्भावना)

-    तिमी पढदै हौला

-    राम पढदै होला। (अपूर्ण सम्भावनार्थ)

-    सीताले पढेकी होली ।(पूर्ण सम्भावनार्थक)

६)     प्रश्नार्थक- प्रश्न सोधेको बुझिने वाक्य प्रश्नार्थक वाक्य हो ।

-    हरि कहाँ हिँडेको ?

-    तिमी के खान्छौ ?

 

 

(ज)   आदर :-  वाक्यमा आएको व्यक्तिको मर्यादा सङ्केत गर्ने व्याकरणात्मक तत्त्व नै आदर हो । नेपाली भाषामा निम्न, मध्य, उच्च, अतिउच्च गरेर आदरका विभिन्न रूपहरू प्रचलनमा छन् ।

सामान्य/ निम्न आदर

(आफूभन्दा सानालाई )

मध्यम आदर  (आफू समानका साथी/ साना भए पनि सम्मान गर्दै प्रयोग गरिने)

उच्च आदर

(सम्मानसाथ प्रयोग गरिने)

राम पढ्छ।

तँ खेल ।

ऊ नाच्छ ।

राम पढ्छन्।

तिमी खेल्छौ ।

उनी नाच्छन् ।

यिनी लेख्छन् ।

तिनी हाँस्छन् ।

राम पढ्नुहुन्छ।

तपाईँ खेल्नुहुन्छ ।

उहाँ नाच्नुहुन्छ।

हजुर आउनुभयो ?

 

 

तालिकामा  उल्लेख भएबाहेक पनि अन्य आदरका रूप नेपाली समाजमा प्रचलनमा छन्

क)     दिज्यू खाना ज्युनार गरिबक्सियोस् ।

ख)     काकाहजुर बजार गइबक्सन्छ ।

ग)      मुमाहजुरले बोलाइबक्सियो ।

यसलाई अतिउच्च आदर भनिन्छ । यो राजपरिवारका सदस्यका लागि प्रयोग गर्ने गरिन्थ्यो । हाल नेपाली समाजमा आदरको अर्को रूप पनि प्रचलनमा छ ।

क)     दिज्यू आइस्यो ।

ख)     हजुर खाना खाइस्यो ।

ग)      काका आज आइसिन्न ।

घ)      मामुले खाना पकाइस्यो आदि ।

(परीक्षाका दृष्टिले माथि उल्लेखित तीन प्रकारका आदर सम्झने।)

(झ)   प्रेरणार्थक/अप्रेरणर्थक: कसैलाई काम गर्न लगाएको भाव व्यक्त भएको वाक्य प्रेरणार्थक वाक्य हो। प्रेरणार्थक वाक्यमा काम गर्न लगाउने अर्थात् प्रेरक र काम गर्ने अर्थात प्रेरितबिचमा सम्बन्ध स्थापना हुन्छ।सामान्य धातुमा ‘आउ‘ प्रत्यय लागेर प्रेरणार्थक धातु बन्छन् (खा+आउ= खुवाउ, डुल्+आउ=डुलाउ, घुम्+आउ= घुमाउ, नाच्+आउ= नचाउ, आदि) ।  ‘डुलाउ', ‘हिँडाउ', ‘खुवाउ' आदि अन्त्यमा ‘आउ‘ प्रत्यय लागेका लागेका धातु प्रेरणार्थक धातु हुन्। प्रेरणार्थक वाक्य निर्माण गर्दा प्रेरणार्थक धातुबाट बनेका प्रेरणार्थक क्रियापदको प्रयोग गरिन्छ ।

अप्रेरणार्थक वाक्य

प्रेरणार्थक वाक्य

(प्रेरक कर्ता + प्रेरित कर्ता /कर्म + प्रेरणार्थक क्रियापद)

बहिनी पढ्छे ।

भाइ भात खान्छ ।

बैजनाथ पढ्छ ।

राम हरिलाई पढाउँछ ।

सीता कपडा धुन्छे ।

म बहिनीलाई पढाउँछु ।

आमा भाइलाई भात खुवाउनुहुन्छ ।

गुरु बैजनाथलाई पढाउनुहुन्छ ।

गीता रामद्वारा हरिलाई पढाउँछे ।

गीता सीतालाई कपडा धुन लगाउँछे ।

 

 

(धातुमा आउ प्रत्यय जोड्न नमिल्ने भएमा क्रियपद पछाडि लगाउ जोडेर प्रेरणार्थक बनाइन्छ ।)

जस्तो: धुन लगाउनुहुन्छ, लुकाउन लगाउनुहुन्छ, फाल्न लगाउनु आदि।

 

(ञ)   अकरण/करण :  सकारात्मक अर्थ बुझाउने क्रियापद करण र नकारात्मक अर्थ बुझाउने क्रियापद अकरण हुन् । करण र अकरण वाक्यमा प्रयोग भएको क्रियापदको अर्थसँग सम्बन्धित विषय हुन् । करण र अकरणलाई वाक्यमा उल्टो अर्थ दिने भनेर बुझ्नु हुँदैन।क्रियापदमा सुरुमा, बिचमा र अन्त्यमा ‘न‘ थपेर अकरण बनाइन्छ। वाक्यको उल्टो अर्थ आउने अर्थ लेख्दा अकरण हुँदैन (‘राम घर जान्छ' को अकरण ‘राम वन जान्छ' होइन, ‘राम घर जाँदैन' हो।)। यसरी अकरण बनाउँदा क्रियापदमा ध्यान दिनुपर्छ ।

करण-अकरण परिवर्तन गर्दा केही शब्द निम्नअनुसार परिवर्तन गर्नुपर्छ ।

जुन पनि- कुनै पनि                           जति – कत्ति

सबै - कोही पनि                             जहाँसुकै/ जतासुकै - कतै पनि

जहाँ पनि – कहीँ पनि                        चौपट्टै/ ज्यादै – पटक्कै/ कत्ति पनि

जो पनि – कोही पनि                         असाध्यै – पटक्कै

जे पनि - केही पनि                           सधैँ – कहिल्यै  

 

करण

अकरण

- हरि जहिल्यै पढ्छ।

- मृग हो।

- हरि  हिँड।

- तिमी सुतिछ्यौ ।

- म पढौँला ।

- आमा जापान पुग्नुभएको हुनेछ।

- हरि गए श्याम जान्छ।

- आगो तातो हुन्छ ।

- हरि कहिल्यै पढ्दैन। (अन्त्यमा ‘न‘ थपेको)

- मृग होइन।

- हरि नहिँड ।(सुरुमा ‘न‘ थपेको)

- तिमी सुतिनछ्यौ । (बिचमा ‘न‘ थपेको)

- म नपढौँला।

- आमा जापान पुग्नुभएको हुनेछैन।

- हरि नगए श्याप जाँदैन ।(दुवै क्रियामा ‘न‘ थपेको)

- आगो तातो हुँदैन (भनेर हरिले रामलाई जिस्क्यायो)।

(आगो तातो नहुने होइन भनेर बनाइराख्नु पर्दैन।)

 

 

(ट)     

(१)   क) तलका अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित इच्छार्थमा परिवर्तन गर्नुहोस् । ४

 

(२)   क) तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित इच्छार्थमा परिवर्तन गर्नुहोस् । ४

अ)     तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित इच्छार्थमा परिवर्तन गर्नुहोस् । ४

नेपालको चाँडै उन्नति हुन्छ। हामी स्वदेशमा नै काम पाउँछौँ । नेपालीहरू सुखी जीवन बिताउँछन् । नेपालको संसारमा सम्मान हुन्छ ।

उत्तर = नेपालको चाँडै उन्नति होओस् । हामी स्वदेशमा नै काम पाऔँ। नेपालीहरू सुखी जीवन बिताऊन् । नेपालको संसारमा सम्मान होओस् ।

आ)   तलको अनुच्छेदमा रहेका वाक्यहरूलाई आवश्य सुधारसहित आज्ञार्थमा परिवर्तन गर्नुहोस् ।४

तिमी मिहिनेत गर्छौ । राम र हरि राम्ररी पढ्छन् । अरू साथीहरूलाई पनि तिमीहरू सम्झाउँछौ । तिमी विद्यार्थीहरू असफल हुने क्रम रोक्छौ ।

इ)      तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित इच्छार्थमा परिवर्तन गर्नुहोस् । ४

म राम्ररी पढ्छु । ऊ पनि राम्ररी पढ्छ । उनीहरू पनि राम्ररी पढ्छन् ।हामी भविष्यमा सफल बन्छौँ ।

ई)      तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित सामान्य भूतमा परिवर्तन गर्नुहोस् । ४

तिमी बिहानै उठ्छौ । तिमी व्यायाम गर्छौ । तिमीले भाइलाई गृहकार्य गराउँछौ ।तिमीलाई सबैले माया गर्छन्।

उ)      तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित सम्भावनार्थमा परिवर्तन गर्नुहोस् । ४

नेपाल विश्वको महान् देश बन्छ। नेपालबाट शान्तिको सन्देश संसारभर फैलिन्छ । हाम्रा सन्तानको भविष्य उज्ज्वल रहन्छ । नेपाली हुनुमा खुसी लाग्छ ।        

Comments

  1. लिङग वचन र पुरूषका आधारमा 'खा' धातु बाट बन्ने भूतकालका रूपहरूमा वाक्य बनाउनुहाेस्

    ReplyDelete

Post a Comment

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...