Skip to main content

Posts

Showing posts from July, 2020

प्रधानमन्त्रीले राजिनामा दिनैपर्छ र ?

अहिले नेकपा आन्तरिक विवादमा फसेका समाचारहरू आइरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रको एकताले बनेको नेकपा अब लामो समय नटिक्ने तर्कहरू पनि आइरहेका छन् । पार्टी संयोजन र विघटन नेपालका लागि नौलो होइन । धेरै पार्टी मिल्दै फुट्दै गरिरहेका छन् । अझ फुट्ने तीव्रता कम्युनिस्ट नामधारी पार्टीहरूमा ज्यादा रहेको छ । नेकपाको यो आन्तरिक संकटको लागि स्थानीय कार्यकर्तादेखि ठूलाठूला नेतासम्म एकअर्काको गुटलाई आरोप प्रत्यारोप गर्न व्यस्त देखिन्छन् । यी सबै राजनीतिक तमासा हेरेर बस्न बाध्य सर्वसाधारण जनता भने झनै निराश बनेका छन्। कोरोना महामारी र सलहका समस्या चलिरहेकै अवस्था छ । असारको महिना छ ,वैदे धान रोप्ने बेला छ । किसानले मल पाएका छैनन् । कोरोनाले गर्दा लाखौँ जनता बेरोजगार बनेका छन् । वैदेशिक रोजगारी ठप्प छ। चलिरहेका केही व्यवसाय पनि बन्दाबन्दीले अस्तव्यस्त बनेका छन् । शिक्षा क्षेत्र अन्यौलमा छ । ऋण तिर्न नसकेर व्यवसायीले आफ्नो व्यवसायको ताला बैंकलाई बुझाउन थालेका छन् । निम्न आय भएका जनता भोकभोकै छन् । बजेटले कोरोनाको मारबाट निकाल्न कुनै योजना नल्याएकोमा पीडित असन्तुष्ट छन्। बाह्रसय ज्यादाले त

नागरिकता विवाद र भ्रम र वास्तविकता

विमल गौतम  नेपालमा नागरिकताको विषयमा सधैँ चर्चा र मतभेद चल्ने गरेको छ। एकातर्फ  विभिन्न समयमा नागरिकता जथाभावी बाँडेको आरोप र ती सबै नागरिकता खारेज गर्नुपर्ने माग सुनिन्छ्न् भने अर्कातर्फ नागरिकताको सवालमा विभेद सिर्जना गरेको र नागरिकता विहीन ठूलो हिस्सालाई नागरिकता दिनुपर्ने आवाज पनि उठिरहेका छन्। अहिले वैवाहिक अङ्गिकृत नागरिकको सवालमा सदन, सडक र मानिसका घरघरमा बहस चलिरहेको छ। इन्डियामा नागिरकता अधिनियम १९५५ को धारा ५ मा रजिस्ट्रीकरणद्वारा नागरिकता शीर्षकको  (ग)मा " कोई व व्यक्ति जो भारत के किसी  नागरिक से विवाहीत है और रजिस्ट्रीकरण के लिए आवेदन करने के सात वर्ष पूर्व से भारत में मामूली तौर से निवासी हे;" व्यवस्था छ। यसको स्पष्टीकरणमा निम्न अनुसार व्यवस्था छ: "खंड (क) और खंड (ग) के प्रयोजनों के लिए, किसी आवेदक को भारत में मामूली तौर से निवासी समझा जाएगा, यदि ,– (i) वह रजिस्ट्रीकरण  के लिए आवेदन करने के ठीक बारह मास पूर्व  की संपूर्ण  अवधि  भारत में  रहा है; और (ii) उसने बारह मास की उक्त अविध के ठीक पूववर्ती  आठ वर्षों के दौरान कम से कम छह वर्ष की अविध के लिए