Skip to main content

कक्षा ११ नेपाली

 

पाठ १      

- विमल गौतम

कविको सामान्य परिचय

प्राध्यापक डा. वासुदेव त्रिपाठी वि.सं.१९९९ साल चैत्र १३ गते तनहूँ जिल्लामा पिता प्रेमदत्त र माता गोमादेवीका सन्तानका रूपमा जन्मिएका हुन् । उनले २०२४ सालमा नेपाली विषयमा  प्रथम श्रेणीमा प्रथम भएर स्नातकोत्तर उत्तीर्ण गरे ।संस्कृतमा आचार्य गरेका त्रिपाठीले अङ्ग्रेजी विषयमा समेत स्नातकोत्तर अध्ययन गरेका थिए ।उनले वि.सं. २०३१ सालमा नेपाली विषयमा पीएचडी गरेका थिए । २०१७ सालमा ‘यो दुनिया तिम्रै हो' शीर्षकको कविता हिमाल पत्रिकामा प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका त्रिपाठी तीन थुँगा (काव्य सङ्ग्रह):, देशको महिमा (खण्डकाव्य) २०४६:, नवपल्लव(गीतसङ्ग्रह)२०४६:, लगायत थुप्रै कृति सिर्जना गरेका त्रिपाठीलाई विशेषत: समालोचनका क्षेत्रमा पूज्य मानिन्छ ।नेपाली साहित्यमा महासमालोचक भनेर त्रिपाठीलाई सम्बोधन गर्ने गरिन्छ ।

 कविताको सामान्य परिचय

त्रिपाठीको सिर्जना ‘वीर पुर्खा' शीर्षकको कविता कक्षा ११को पाठ्यक्रममा समावेश गरिएको छ ।यस कवितामा नेपाली जातिका वीर पुर्खाको बहादुरीको गौरवगान गरिएको छ ।राज्य विस्तारका क्रममा नेपाली जातिले आर्जन गरेका क्षेत्र, नेपालीले संसारभर प्रदर्शन गरेको वीरता, राष्ट्रिय झण्डा, हिमाल, पहाड, तराई, पुर्खाको योगदान आदि कविताले समेटेका विषय हुन् । देशभक्ति भावना उजागर गर्ने यो कविता प्रत्येक पङ्क्तिमा १६ अक्षरको झ्याउरे लोकलयमा संरचित छ ।

कविताको भाव

यस कवितामा नेपाली वीरले आर्जेको विशाल नेपालका भूभाग सम्झदै पुर्खाको गौरवगान गाइएको छ।नेपाली वीर पुर्खाहरूलाई कुनै पहाडले, खोलाले अथवा कुनै आँधीले पनि छेक्न नसकेको तथ्य बताउँदै कविताको थालनी गरिएको छ।

पुर्खाहरू आफ्नो विजययात्रामा अघि बढ्दै जाँदा कसैले पनि त्यो यात्रा रोक्न सकेनन् ।गरुड आकाशमा स्वतन्त्र एवम् स्वच्छन्द विचरण गर्छ ।गरुडलाई आकाशले नियन्त्रण गर्ने सामर्थ्य राख्दैन ।गरुड जस्तै हाम्रा पुर्खाहरूले पनि यो धरातलमा विचरण गर्न खुला स्थान पाए । कसैले पनि हाम्रा पुर्खाको वेगलाई रोक्न सकेनन् ।गरुडले सर्प टिपे झैँ गरेर हाम्रा पुर्खाले पनि दुश्मनलाई समाप्त पार्दै अघि बढ्दै गए ।यही क्षमता, पुरुषार्थले र पौरखले पहाड तराई एक हुन सकेको हो।

नेपालीका पाइला पूर्वमा टिस्टासम्म पुगेका थिए।हाम्रा पुर्खाको वीरतालाई सम्झरे टिस्टा अझै रुन्छहोला ।नेपालको सीमा पश्चिममा राबी पुगेको अवस्था थियो ।अझै पनि हाम्रा पुर्खाको रक्तधारा राबीमा ताजै छ ।अझैं पनि राबीले वीर पुर्खाको रक्तधारा धोइरहेको छ होला ।काँगडा र कलङ्गाको ढुङ्गामाटोमा अझै पनि नेपालीपन छ होला। त्यहाँको ढुङ्गामाटोले हाम्रा पुर्खाको वीरता अझै बोल्छ होला।हे वीर पुर्खा तिम्रो वीरताको गाथा पवित्र गङ्गा नदीले अझै गुनगुनाउदै गरेको हुनुपर्छ ।

हिमालतिर डिगर्चाको भूमिमा पुर्खाका पाइलाका डोब चिसो हिउँभित्र अझै सुरक्षित छन् होला । वेत्रावतीको किनारमा पुर्खाका पौरख अझै यत्रतत्र भेटिनुपर्छ ।त्यहाँ पुर्खाले छोडेका चिनो भेटिनुपर्छ ।हाम्रा पुर्खालाई कुनै हतियार आदिले बाँध्न सकेन; छेक्न सकेन ।मितेरी सम्बन्धलाई कायम राख्दै पुर्खाले आफूलाई नियन्त्रणमा राख्न सके ।हाम्रा वीर पुर्खा सागर तरेर संसारभर ‘वीर गोर्खा' नामले परिचित भए ।ठूलाठूला युद्धमा सहभागी भएर हाम्रा पुर्खाले वीरतापूर्ण रगत बगाएका थिए ।

नेपालमा आन्तरिक समस्या परेको समयमा छिमेकीले बेलाबेला नाका थुन्ने काम पनि गरे ।यसरी नाका थुनेर अप्ठेरोमा पार्न खोजे पनि नेपालीलाई कसैले छेक्न सकेन ।नेपालीले समयक्रममा आफूलाई विकासको गतिमा लगिरहेका छन् । हिमालको हिमनदी कसैले रोक्न सक्तैन।नदीले आफ्नो गन्तव्य भेट्टाउने पक्का छ ।यस्तै नेपाली प्रगतिपथमा पुगेर नै छोड्छन् । कसैले छेकेर छेकिने हुँदैन । सारा नेपालीका नसाभरि वीर पुर्खाकै रगत छ । वीरताका गीत, वीरताको गौरवगाथा नै चन्द्रसूर्य ध्वजामा फहराइरहेको छ ।

वीर पुर्खालाई सम्मान गर्दै उनीहरूको मार्गदर्शनलाई सारा नेपालीले पछ्याउनु आवश्यक छ।वीर पुर्खाको गौरवमय इतिहासलाई सम्मान गर्दै नेपालीले पनि उनैका सन्तान हौँ भन्ने प्रमाणित गर्नुपर्छ ।नेपालको उन्नति र प्रगतिमा लाग्न नेपाली तयार बन्नुपर्छ ।गौरवपूर्ण इतिहाँसलाई सम्झदै उज्ज्वल भविष्यतर्फ लाग्ने सन्देश कविताबाट पाइन्छ ।

अभ्यास

शब्दभण्डार

१)     वीर पुर्खा कविता गति यति र विरामका आधारमा लय मिलाई पढ्ने अभ्यास गर्ने ।

२)     शब्द र तिनका अर्थ:

क)     गिद्ध प्रजातिको ठूलो पक्षी विशेष                     गरुड

ख)     प्रवाह                                         वेग

ग)      डाम                                          डोब

घ)      गौँडा                                         नाका

ङ)      पुरुषार्थ                                        पौरख

३)     वाक्यमा प्रयोग:

क)     पर्वत = पहाड, पर्वत, हिमाल, तराई, उपत्यका आदि क्षेत्र मिलेर बनेको नेपाल भूस्वर्ग हो ।

ख)     तीर = वेत्रावतीको तीरमा अझै नेपाली वीर पुर्खाको पौरखको चिनो भेट्न सकिन्छ।

ग)      बहादुर= कसैसँग हार्न नजान्ने नेपाली बहादुर जातिका नामले संसारभर प्रसिद्ध छ ।

घ)      सङ्केत = वेत्रावती किनारमा नेपालीका पुर्खा पुगेको सङ्केत भेट्न सकिन्छ ।

ङ)      नभ = नेपालीका पुर्खालाई वीरता प्रदर्शन गर्न न त भूमि, न जल, न त नभले नै रोक्न सक्यो ।

च)      समुद्र = पुर्खाहरूले समुद्र तरेर संसारभर आफ्नो वीरता प्रदर्शन गरे ।

छ)     पाषाण = पाषाण हृदय बोकेकाहरूले नेपाली जातिको विशालताको पहिचान गर्न सक्तैनन् ।

ज)      झन्डा ‍= नेपाली झन्डाले नेपालीको वीरताको परिचय दिन्छ ।

४)     अनुप्रासयुक्त शब्द

आँधी =खाँदी   वेग = भेग     खोला =झोला    तराई = पराई    धारा = पारा

माटो = साटो   रगत = जगत्  गौरव = सौरभ    यात्रा = जात्रा

बोध र अभिव्यक्ति

१)     कविता पढी दिइएको प्रश्नको उत्तर दिनुहोस् ।

२)     वीर पुर्खा कविता पढी

Comments

  1. दियको कबिता पडि सोधियका पर्सन को उत्तर देऊ

    ReplyDelete

Post a Comment

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...