Skip to main content

Posts

Showing posts from August, 2020

नेपाली भाषाका प्रयोगकर्ता अप्ठ्यारोमा: मार्गदर्शनको अभाव

विमल गौतम gautambro@gmail.com शब्दब्रह्म भनिन्छ । यसरी हेर्दा भाषालाई भगवानको रूपमा मानिएको पाइन्छ । कुनैपनि जातिका लागि उसको भाषा नै उसको पहिचानको आधार हो। नेपाल भाषामा धनी छ । यहाँ १०० भन्दा ज्यादा भाषाहरू बोलिने गरिएको बताइन्छ। नेपाली भाषालाई   नेपालमा सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिइएको छ भने अन्य भाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिइएको छ। यहाँ बोलिने प्रत्येक भाषा नेपालका सम्पति हुन् । नेपालका परिचय हुन् । त्यसैले सबै भाषाको संरक्षण, संवर्द्धन र विकासमा ध्यान दिनु आवश्यक छ । बालबालिकाले सबैभन्दा पहिले आफ्नो मातृभाषाको ज्ञान लिन पाउनुपर्छ । दोस्रो भाषाको रूपमा विभिन्न जातजातिले नेपाली भाषा सिक्ने गरेको पाइन्छ । विभिन्न जातजातिहरू आफ्नो भाषाको उचित संरक्षणमा   सरकारले ध्यान नदिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । संघीय सरकारले सबै भाषालाई उचित स्थान दिन नसकेको तथ्य त छँदै छ तर स्थानीय सरकारले स्थानीय संस्कृति र भाषाहरूको विकासमा गर्नसक्ने योगदान समेत नगरेको देख्दा उदेक लाग्ने अवस्था बनेको छ ।भाषा र संस्कृति गुम्नु भनेको आफू हुनुको अर्थ नै नरहनु हो। यदि कोही मैथ

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी प्रत्यान्त शब्द। जस्तै- दाज्यू, भाउज्यू, पिताजी, शर्माजी, लामाजी, झाजी, परियारजी आदि। ङ)     भाव (धर्म) वा सम्बन्धी (धर्मी) र ‘त्यहाँ

कुलमान र कर्मचारी

चार वर्ष पहिले नेपाली समाजलाई कुलमानका बारेमा जानकारी थिएन । अहिले कुलमान घिसिङ को हुन् भनेर हरेक परिवारलाई थाह छ । कुलमान भन्ने नाम उज्यालो भएको छ । कुलमानका कारणले नेपाल उज्यालो भएको छ । आजकल बिजुली गएमा मानिसहरू भन्ने गर्छन्, “ आज कुलमानलाई के भएछ ? ”   २०७३ सालमा नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका कुलमानको कार्यकाल यो २०७७ सालको भदौ अन्त्यसम्म मात्रै छ । त्यसपछि यो पदमा को आउने हुन् ? जनतको मनमा कौतूहल रहेको छ । बहुसंख्यक जनता कुलमानलाई उक्त पदमा नदोहोर्र्याइए फेरिपनि लोडसेडिङको पीडा भोग्नुपर्ने पो हो कि भन्ने भयले त्रस्त छन् ।एउटा सामान्य कर्मचारी जनताको मनमा बस्न सफल हुनु स्वभाविक नै हो तर नेपालको सन्दर्भमा सामान्य भने होइन । नेपालमा प्राय हरेक क्षेत्रमा नकारात्मक टीकाटिप्पणी भइरहेको हुन्छ तर कुलमान मात्रै यस्तो शब्द (नाम) बनेको छ जुन सुन्नासाथ नेपाली   मनमा सकारात्मक उर्जा प्रवाह हुन्छ । कुलमान त्यो जादूको नाम हो जसले वर्षौँदेखि चलेको र वर्षौँसम्म चल्ने आँकलन गरिएको लोडसेडिङको पीडा आफू नियुक्ति हुनासाथ नियन्त्रण गर्दै विस्तारै शून्यमा झारे । बिजुली नदिन

एसईई २०७६ का विद्यार्थी भाइबहिनीहरूका नाममा

कोरोना ब्याचका प्यारा विद्यार्थी भाइबहिनीहरू कुशल छु, कुशलतको कामना गर्दछु   अहिले कोरोना महामारीको समय भएकाले तोकिएको नियममा रहेर दैनिक व्यवहार गर्न पनि अनुरोध गर्दछु । खास कुरा त केही थिएन। तपाईँहरूले पढिरहनुभएको नै हो।परीक्षाको तयारी गरिरहनुभएकै थियो । परिस्थितिले साथ दिएन । वि.सं. २०७६ चैत्र ६ गते तपाईँहरूमध्ये कति त परीक्षाकेन्द्र पुगिसक्नुभएको पनि थियो होला । महामारीको कारणले परीक्षा स्थगित भयो। अनुकूल समयमा परीक्षा गर्ने भन्दै सरकारले केही समय झुलाइरह्यो । अन्तत: परीक्षा हुन सकेन । विद्यालयबाट पहिल्यै लिइएका परीक्षाका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को अङ्क दिइने भनेर निर्णय गरियो । कार्यविधि बनाइयो । विद्यालयले तोकिएको कार्यविधिअनुसार नै तपाईँहरूको अङ्क भरेर पठायो ।सबै प्रक्रिया पूरा गरेर नतिजा पनि सार्वजनिक भइसकेको छ । तपाईँहरूलाई कक्षा ११ पढ्न बाटो खुलिसकेको छ । नतिजा सार्वजनिक भएपछि विद्यार्थी, विद्यालय र शिक्षकसमेतको खिसीटिउरी गर्ने कार्य भइरहेको देखेर भने मलाई उदेक लागेको छ । धेरै विद्यार्थीले राम्रो GPA ल्याए भनेर खेदो गरिएको छ । सायद कुनैबेला न्यून विद्यार्थी

मृत्युमा किन खुसी मनाइरहेको छ समाज ?

शब्दकोश हेरेँ । नेपाली बृहत् शब्दकोशमा विक्षिप्तको अर्थ ‘ दिमाग ठेगान नाभएको ’ , ‘ बहुलाएको ’ र ‘ पागल ’ भन्ने लाग्दो रहेछ ।यस्तै आत्तिएको, आकुल, व्यग्र, यताउति छिरलिएको, छित्रिएको, छरिएको,त्याग गरिएको, छोडिएको, त्यक्त, फ्याँकिएको र मिल्काइएको भन्ने अर्थ पनि लाग्दोरहेछ । शब्दकोश हेर्नुभन्दा पहिले मेरो दिमागमा ‘ विक्षिप्त ’ शब्द आएको थियो। दिमागमा विक्षिप्त शब्द आउनुभन्दा पहिला मैले “ कान्तिपुरका सहायक सम्पादक बानियाँको दु:खद निधन ” भन्ने शिर्षकको कान्तिपुरमा नै प्रकाशित अनलाइन समाचार पढेँ र लगत्तै मुहारचित्र(फेसबुक)मा आएका प्रतिक्रिया । केही प्रतिक्रिया यहाँ राख्न अनुमति चाहन्छु । कसैले बौद्धिक चोरीको आरोप नलगाइदिनुहोला । १)      १)  यस्ता पत्रकार सबै मरे हुन्छ । २)      २)  अरे यिनी नेपाली थिए ? मैले त आजसम्म भारतीय सम्झेको थिएँ । जे भएपनि ‌औपचारिकताका लागि समवेदना । ३)      ३) बौद्धिक   आतंककारीको मृत्यु देश र जनताका लागि खुसीको खबर हो । ४)      ४)  ... ... ... यमेले नरकमा लगेर चिरा पारोस् । प्रतिक्रिया पढ्दै जाँदा यस्ता अभद्र टिप्पणी प्रशस्त भेटिएका थिए ।सकारात्मक टिप्प