कविता १
सोमदत्त
म निमित्त सोमदत्त
सोमदत्त
म निमित्त सोमदत्त
परमार्थका कुराले मन नभरिने,
स्वभाव भने बिर्सिएको छैन
आकाशमाथि उडेकै हुन्छु,
अतृप्त संसारको लालच गरेर
आत्मा-परमात्मा जोडेकै हुन्छु ।
स्वर्ग, मर्त्य र पाताल जोड्दाजोड्दै
भयङ्कर जालोमा आफैँ बेह्रिएर
अतालिन्छु र फेरि सम्हालिन्छु ।
सोच्छु गहिरिएर
ज्याेतीर्लिङ्गको फेदैसम्म पुग्नेगरी ।
विष्णु र ब्रह्माले त नभेट्टाएको
म नाथेले न फेद भेट्टाउँछु न टुप्पो-
खोजले सार्थकता पाउँदैन ।
किन बाँधिरहनु बिरालो ?
म खोलिदिन्छु।
रन्थनाएर पुग्छु सानो भट्टीमा
जहाँ सुम्निमा मुस्कानसाथ उभिएकी िछन्
मलाई उनको मुस्कानले सोधिरहेझैँ लाग्छ-
"सोमदत्त कहाँ छ तिम्रो स्वर्ग ?
कहाँ छ तिम्रो मुक्ति ? "
म झस्किएर वर्तमानमा आउँछु
उनको मुस्कानको गहिराइ पत्ता लगाउन खोज्छु
यो त झन् भव्य र अपरम्पार लाग्छ ।
मलाई झन् पीडाबोध हुन्छ
र हतारहतार छचल्किन्छु गिलासभरी ।
र हतारहतार छचल्किन्छु गिलासभरी ।
Comments
Post a Comment