Skip to main content

Posts

Showing posts from June, 2020

कोरोना कहर: चपेटामा निजी विद्यालयका शिक्षक

कोरोना कहर: चपेटामा निजी विद्यालयका शिक्षक। विमल गौतम gautam811@yahoo.com कोरोनाले नेपाललाई मात्रै होइन विश्वलाई नै संकटमा फसाएको छ।  लकडाउन लम्बिदै जाँदा रोगले भन्दा पनि भोकले ज्यादा मर्ने अवस्था बढिरहेको छ। लोककल्याणकारी राज्यको दावा गर्ने हाम्रो मुलुकले जनतालाई उचित सम्बोधन गर्न चुकिरहेको छ। बन्दाबन्दी खुकुलो भएसँगै धेरै क्षेत्रहरूमा सहजता देखिएको पनि छ। होटल, यातायात,पर्यटन व्यवसाय , सिनेमा, शैक्षिकसंस्था लगायतका क्षेत्रहरू अहिले नै खुलिहाल्ने अवस्थामा छैनन् । विभिन्न क्षेत्रका समस्याको विषयमा आवाज उठिरहेको पाइन्छ भने सरकारले उनीहरूलाई केही न केही आश्वासन दिइरहेको पनि देखिन्छ ।  बन्दाबन्दी सुरु भएको समयबाट नै तलब नपाएका निजी विद्यालयका शिक्षकको समस्या  भने यहाँ गौण भएको छ। यस विषयमा न त सरकारले चासो दिएको छ न त नीजी विद्यालयका सङ्गठनहरूले गम्भीरतापूर्वक लिएको पाइन्छ । वि.सं. २०२८ सालमा  राष्ट्रिय शिक्षा नीति आयो। विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लियो। बिस्तारै सरकारी विद्यालयमा व्यवस्थापकीय कमजोरी देखापर्दै गए। उक्त समयभन्दा पहिले  हातमा गन्न सकिने सङ्ख्याम

चौरजहारी घटना: जातीय संहारको प्रश्न र अन्य पक्ष

            चौरजहारी घटना:  जातीय संहारको प्रश्न र अन्य पक्ष विमल गौतम gautambro@gmail.com रुकुम पश्चिममा कुटपिट गरी छ जना युवा मारिएको खबरले देश स्तब्ध बन्यो। जाजरकोटको भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षीय नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया कक्षा १० मा पढ्ने  सुष्मा मल्ललाई बेहुलीको रूपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ पुगेका थिए । भविष्यमा देश निर्माणका विधाता बन्नसक्ने सम्भावना बोकेका युवाहरू नवराज विक, गणेश बुढामगर र  टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको शव भेरी नदीमा भेटिएको थियो। प्रहरीले चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता गरिसकेको छ। 'जातीय संहार'को नाम दिएर सदन, सडक र संचारमाध्यममा यसको चर्चा भयो। महान्यायाधिवक्ता अग्नि खरेलले यो घटना प्रचारमा आएजस्तो होइन भनेर अभिव्यक्ति दिए । यो घटना अमानवीय आपराधिक घटना हो। यसमा जातीय विभेदले पनि समस्या निम्त्याएको देखिन्छ। जातीय विभे

हिन्दी, सरिता गिरी र राष्ट्रवाद !!!

हिन्दीभाषा, सरिता गिरी र राष्ट्रवाद !!!  - विमल गौतम अन्तर्राष्ट्रिय सन्दर्भका उदाहरण र छिमेककै नेतृ सोनिया गान्धीको अवस्था देखिसकेपछि अङ्गिकृत नागरिकले निश्चित तहभन्दा माथि गएर सरकार चलाउने कुरालाई बन्देज लगाउनुपर्छ भन्ने मेरो पनि बुझाइ छ। तर अङ्गिकृत नागरिक हो भन्दैमा तथानाम भन्न पाइन्छ र यस्ता नागरिक चाहिँ देशद्रोही नै हुन्छन् भन्ने कुरामा चाहिँ एकछेउ पनि सहमत हुन सकिन्न ।पछिल्लो समय बजारमा सरिता गिरीको चर्चा छ। उनलेे आफू नेपालकि बुहारी भएको र नेपाली भएको संचार माध्यममा भनिरहनुपरेको छ। उनी इन्डियाकी सुराकी भएको चर्चा सामाजिक संजालमा देख्न पाइन्छ। उनले आफूले देख्दा लिम्पियाधुरा भारतकै नक्सामा भएको र कालापानी क्षेत्रमा बनेको १७ किलोमिटर सडकबारे भने भारतसँग कुरा गर्नुपर्ने भनेर एक टेलिभिजन अन्तर्वार्तामा भनेको देख्न सुन्न पाइयो। उनले लिम्पिधुरा लगायतका क्षेत्र नेपालको हो भनेर सरकारले स्पष्ट पार्न नसकेको बताइन्। यसो भनेकोमा उनले तथानाम गाली सहनुपरेको छ। गिरीलाई राष्ट्रवादमा प्रश्न उठाउनेले आफ्नो सांसदलाई बुझाउन नसक्ने सरकार र कुटनैतिक एवम् जिम्मेवार पदाधिकारीले चतुरो र धूर्त इन्डि