Skip to main content

कक्षा १० नेपाली

कक्षा १०
१५) सुन्दर र सम्पन्न  लङ्काको राजकाज छोडेर किन राम अयोध्या फर्किए ? कथाका आधारमा विवेचना गर्नुहोस्।
उत्तर
         कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको  'जन्मभूमि' कथा पूर्वीय दर्शनको चर्चित काव्य 'रामायण'मा आधारित कथाको एक प्रसङ्ग हो। यो कथाले आफ्नो जन्मभूमि र जन्मदिने आमा स्वर्गभन्दा पनि माथि रहन्छन् भन्ने तथ्य रामचन्द्रको चरित्रबाट प्रष्ट पारिएको छ। यो कथामा भगवान रामले लङ्का विजय गरेपछिको रातको तेस्रो प्रहरबाट बिहानसम्मको प्रसङ्ग छ।

       कथामा रामचन्द्र र लक्ष्मणको बायाँतर्फ सुतेका हनुमान, सुग्रीव र वानर फौज जीत पछिको आनन्दी निद्रामा घुरिरहेका छन्। दायाँतर्फका विभीषण आफ्ना दाजुभाइ आफन्त मरेकाले पिरोलिएर ननिदाइ छट्पटी गरिरहेका छन्। विहान उठेर विभीषणले लक्ष्मणलाई राम अथवा रामले नमानेमा लक्ष्मण लङ्काको राजा हुनुपर्ने सुझाव दिन्छन् । जसले जितेको हो उक्त राज्य उसैको अधिकार हुने बताउँछन्। लक्ष्मणले सम्हाल्नु  विभीषणको यो प्रस्ताव रामलाई सुनाउँछन् । रामले यसलाई ठाडै अस्वीकार गर्छन्। लङ्का सुनैसुनले बनेको छ, सुन्दर छ, विकसित छ, आफूले जितेको पनि हो तर आफ्नो जन्मभूमि नभएकोले लोभमा पर्नु ठीक नहुने विचार रामको छ। आफ्नी आमा नराम्री र गरीब भइन् भन्दैमा कोही राम्री र धनी महिला देखेर आफ्नी आमाको स्थान दिन नसकिने तर्क रामको छ। गरीब, दु:खी र नराम्रै भएपनि जन्मदिने आमा र जन्मभूमिलाई पूजा गर्नुपर्छ, माया र सम्मान गर्नुपर्छ भन्ने रामको विचार छ। हामी जहाँ जन्मियौँ, हुर्कियौँ त्यो भूमिप्रतिको दायित्वबाट भाग्नु हुँदैन। विभिन्न परिस्थितिको कारणले हामी जन्मभूमिबाट टाढा पुग्न सक्छौँ। टाढा भएपनि हामीले हाम्रो जन्मभूमिलाई बिर्सनु हुँदैन। अवसर आउनासाथ आफ्नो मातृभूमिमा फर्केर यसको सेवा गर्नुपर्छ। सुखैसुख भएको स्थानलाई स्वर्ग भनिन्छ तर जन्मभूमि र जन्मदिने आमा त्यो स्वर्गभन्दा उत्तम हुन् । यदि कसैले सम्पत्ति र सुविधाको पछि लागेर आफ्नो जन्मभूमिलाई त्याग गर्दछ भने त्यो असल मानिस होइन। जन्मभूमिको सेवामा नै ठूलो सुख प्राप्त हुन्छ। यिनै विचारहरूबाट प्रेरित भएर सुन्दर र सम्पन्न लङ्काको राजकाज विभीषणकै लागि छोडेर आफू आफ्नै जन्मभूमि अयोध्या फर्किए।

हामी नेपाली विभिन्न कामको सिलसिलामा विदेश पुगेका छौँ। राम चौध वर्ष वनवास जानुपर्‍यो। सुनैसुनको लङ्का पनि जिते तर सम्पत्तिको लोभमा परेनन्। आफ्नै भूमि अयोध्याको सेवा गर्न फर्किए। हामीलाई पनि परिस्थितिले जहाँजहाँ पुर्‍याए पनि अन्त्यमा आफ्नै देशको सेवामा फर्केर आउनुपर्छ। मातृभूमिप्रतिको प्रेम र आस्था बढाउनु आवश्यक छ।

विवेचनात्मक उत्तर लेख्दा
क) पाठको परिचय खण्ड
ख) छोटो सन्दर्भ सहितको उत्तरको विभिन्न कोणबाट विवेचना
ग) निष्कर्ष / सन्देश
(तीन अनुच्छेदमा लेख्नुपर्छ। पहिलो अनुच्छेदमा पाठको नाम, लेखकको नाम र पाठको संरचना र मुख्य विषय ३/४ वाक्यमा समेट्ने। दोस्रो अनुच्छेद ठूलो हुन्छ र खोजेको उत्तर यसमा समेट्ने। अन्तिम अनुच्छेद २/३ वाक्यको बनाउन, यो निष्कर्ष खण्ड हो।)
















  तार्किक उत्तर / समस्या समाधानात्मक उत्तर
परीक्षाको दृष्टिबाट तार्किक उत्तर लेख्दा करिब ७ मिनेटको समयभित्र लेखिसक्ने प्रयास गर्नुपर्छ।
१. पहिलो अनुच्छेदमा लेखक र पाठको परिचय उल्लेख गर्न ३/४ वाक्य खर्चने।
२. २. दोस्रो अनुच्छेदमा पाठको सन्दर्भ जोडेर आफ्ना तर्क पेश गर्ने। तर्क राख्दा पक्ष वा विपक्ष जेमा आफूलाई सजिलो लाग्छ त्यसैमा लेख्ने। यसमा विद्यार्थीको तार्किक सीपको परीक्षण हुन्छ।
३. ३. अन्त्यमा आफूले गरेको तर्कको सार १/२ वाक्यमा निष्कर्षको रूपमा छुट्टै अनुच्छेदको रूपमा लेख्दा राम्रो हुन्छ।

@ निम्न दुई प्रश्नको तार्किक उत्तर दिनुहोस् :

क. विभीषणले आफ्ना दाजुलाई साथ नदिएर रामचन्द्रलाई साथ दिनु उपयुक्त थियो र ? 'जन्मभूमि' कथाका आधारमा आफ्ना तर्क पेस गर्नुहोस्।
उत्तर
कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको र यसकै लेखकहरूबाट लेखिएको  'जन्मभूमि' कथा पूर्वीय दर्शनको चर्चित काव्य 'रामायण'मा आधारित कथाको एक प्रसङ्ग हो। यो कथाले आफ्नो जन्मभूमि र जन्मदिने आमा स्वर्गभन्दा पनि माथि रहन्छन् भन्ने तथ्य रामचन्द्रको चरित्रबाट प्रष्ट पारिएको छ।
      राम र रावणको युद्धमा रामले रावणलाई पराजित गर्छन्। रावणले मर्ने बेलामा आफ्नो भाइ विभीषणले आफूलाई साथ नदिएकोले हार्नुपरेको तर रामको भाइ लक्ष्मणले हरपल रामको साथ दिएकोले रामले जितेको भन्छन्। युद्धपछि विभीषणलाई आफ्ना आफन्त मरेकोमा पीडा त हुन्छ। उनी आफ्नो दाजु रावणले  असत्यको पक्ष लिएको र रामले सत्यको पक्ष लिएकोले रामलाई साथ दिएको विचार व्यक्त गर्छन्।





ख. राम, लक्ष्मण र विभीषणमध्ये लङ्काको राजा हुन उपयुक्त पात्र को होलान् ? आफ्ना तर्क दिएर पुष्टि गर्नुहोस्।

उत्तर
कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको र यसकै लेखकहरूबाट लेखिएको  'जन्मभूमि' कथा पूर्वीय दर्शनको चर्चित काव्य 'रामायण'मा आधारित कथाको एक प्रसङ्ग हो। यो कथामा आफ्नो जन्मभूमि र जन्मदिने आमा स्वर्गभन्दा पनि माथि रहन्छन् भन्ने तथ्य रामचन्द्रको चरित्रबाट प्रष्ट पारिएको छ।

रामले लङ्का विजय गरेपछि विभीषणले लक्ष्मणसँग गफ गर्दै राम लङ्काको राजा बन्नुपर्ने प्रस्ताव गर्छन्। रामले नमाने इन्द्रजित जस्तो वीरलाई पनि जितेका लक्ष्मणले नै लङ्काको राजाकाज सम्हाल्नुपर्ने विचार विभीषणको छ। युद्धमा कुनै राज्य जितेमा जित्नेले नै उक्त राज्यमा राजकाज गर्ने चलन भएकाले लङ्का जित्ने राम नै त्यहाँको राजा हुनुपर्ने तर्क पनि उपयुक्त नै छ । राम आफू लङ्काको राजा बन्न इच्छुक छैनन्। उनी जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि माथि मान्नुपर्ने बताउँछन्। राम आफ्नै जन्मभूमि अयोध्या फर्कन चाहन्छन्। लङ्काको वैभव उनलाई मतलब छैन। अर्काको सम्पत्तिको लोभ गर्नु उपयुक्त होइन भन्ने ठान्छन्। रामले जितेपनि उनको जन्मभूमि नभएको र उनलाई भरतले पनि अयोध्याको राजा बनाउन पर्खिरहेकाले राम लङ्काको राजा बन्न ठीक छैन। लक्ष्मण रामकै छायाँ बनेर हिड्ने पात्र हुन्। उनी रामलाई छोडेर लङ्कामा एक्लै बस्नै सक्तैनन्। लङ्का उनको पनि जन्मभूमि होइन। लङ्का सुन्दर देखेर मात्रै हुँदैन । लङ्कामा राज  गर्न लक्ष्मण पनि उपयुक्त होइनन्। विभीषण लङ्काको राजा भएमा शत्रुसँग लागेर र दाजु रावणलाई मारेर राजा भयो भन्ने आरोप लाग्ने सम्भावना छ। जे भएपनि विभीषणको जन्मभूमि लङ्का नै हो। उनले सत्यको पक्ष लिए। रामको पक्ष लिएर उनले पनि लङ्का जितेकै ठहर हुन्छ। यसैपनि रावणका भाइ भएको हुनाले रावणको मृत्युपछि राजा हुनपाउने हकदार पनि विभीषण नै हुन् । यी विविध कारणले विभीषण नै लङ्काको राजा हुन उपयुक्त पात्र हुन् ।

    जन्मभूमि भएकाले, राज्य जित्नेको पक्ष भएकाले, रावण हार्नुमा उनको भूमिका भएकोले, सत्यको पक्ष लिएको र लङ्काको उत्तराधिकारी समेत भएकोले राम र लक्ष्मणभन्दा विभीषण नै लङ्काको राजा हुन उपयुक्त देखिन्छ
अ. भाव विस्तार गर:
आ. व्याख्या गर :
इ. सप्रसङ्ग व्याख्या गर :
जम्मा ७ मिनेटमा यसको उत्तर लेखिसक्नुपर्छ।
क) सप्रसङ्ग ब्याख्या गर्दा ख्याल गर्नुपर्ने कुराहरू
अ) पहिलो अनुच्छेद ३/४ वाक्यको हुनुपर्छ, जसमा
पाठको नाम,
पाठका लेखक,
लेखकको जन्म मिति, 
लेखकको मूल प्रवृत्ति र
 दिइएको पाठले भन्नखोजेको मुख्य विषय उल्लेख गर्नुपर्छ।
आ) दोस्रो अनुच्छेद लामो हुन्छ।
यसले मुख्य उत्तर समेट्छ।
दिइएको प्रश्नलाई पाठको प्रसङ्गसँग जोड्नुपर्छ।
अन्त्यमा दिइएको उद्धरणको ब्याख्या गर्नुपर्छ र टुंगोमा पुग्नुपर्छ ।
इ) अन्तिम अनुच्छेद निष्कर्ष खण्ड हो। दिइएको उद्धरणको ब्याख्याको निष्कर्ष २/ ३ वाक्यको अनुच्छेद तयार गर्ने।
प्रश्न १६) सप्रसङ्ग ब्यख्या गर्नुहोस्:
क) यो युद्ध तिमीले जित्यौ किनकि तिम्रा भाइ लक्ष्मण तिम्रा पक्षमा थिए।
उत्तर
"यो युद्ध तिमीले………………………… तिम्रा पक्षमा थिए।" यो उद्धरण कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको र यसकै लेखकहरूबाट लेखिएको  'जन्मभूमि' कथाबाट लिइएको हो। यो पूर्वीय दर्शनको चर्चित काव्य 'रामायण'मा आधारित कथाको एक प्रसङ्ग हो। यो कथामा आफ्नो जन्मभूमि र जन्मदिने आमा स्वर्गभन्दा पनि माथि रहन्छन् भन्ने तथ्य रामचन्द्रको चरित्रबाट प्रष्ट पारिएको छ।

कथामा युद्ध सकिएपछिको रातमा वानर फौज र राम सुतिरहेका हुन्छन्। लक्ष्मण र विभीषण नसुती मनमा कुरा खेलाएर छट्पटीमा हुन्छन्। राम-लक्ष्मणले लङ्काको युद्ध जितेका छन् । अपहरणमा परेकी सीता मुक्त भएकी छिन् । चौध वर्षको वनवासपछि अब घर फर्कने समय आएको छ। यी सबै कारणले लक्ष्मण निकै खुशी मुद्रामा छन्। उनलाई थप खुशी रावणले रामलाई भनेको  कुराले दिएको छ। रावणले भनेको थियो-" यो युद्ध तिमीले जित्यौ किनकि तिम्रा भाइ लक्ष्मण तिम्रा पक्षमा थिए।" वास्तवमै यो कुरा सत्य हो। भाइभाइको फुटले गर्दा शत्रुलाई नै लाभ हुने हो। विभीषणलाई रावणका गुह्य(गोप्य)  कुरा थाह थियो। रावणका भाइ भएर पनि उनले रावणसँग द्रोह गरेर रामलाई साथ दिए। जसले रावणका कमजोरी थाहा पाइ रामलाई आक्रमण गर्न सजिलो भयो। उता लक्ष्मणले रामलाई छाँया सरह बनेर साथ दिए। यसले रामलाई शक्तिशाली बनाइरहेको थियो। दाजुभाइ मिलेर अघि बढ्ने हो भने जस्तोसुकै समस्या पनि सजिलोसँग सुल्झाउन सकिन्छ। राम-लक्ष्मण पनि कोही तर्न नसक्ने समुद्र तरेर कसैले जित्न नसकेको लङ्का जिते। दाजुभाइ फुटेमा शक्तिशाली भएपनि रावणको जस्तै  हार निश्चित छ। दाजुभाइ फुटेमा दुश्मनले खेल्ने मौका पाउँछन्। यो भनाइबाट सफलता पाउन दाजुभाइको मेल आवश्यक भएको बुझिन्छ।

वास्तवमा दाजुभाइको मेल भइरहने हो भने जस्तोसुकै शक्तिशाली शत्रुले पनि हानी गर्न नसक्ने र दाजुभाइले एक अर्कालाई साथ नदिने हो भने शक्तिशाली भएपनि दुश्मनबाट हारिनुपर्ने तथ्य दिइएको भनाइको प्रसङ्गबाट बुझिन्छ।





प्रश्न १४. तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्:
क. लक्ष्मणका विचारमा रावणको दुर्दशा हुनुको कारण के हो ?
कक्षा १० को नेपाली किताबमा समावेश गरिएको 'जन्मभूमि' कथा चर्चित काव्य 'रामायण'मा आधारित कथा हो। यस कथामा सुनैसुनको लङ्काको राजा रावणको दु:खद अन्त्य हुन्छ। रावण विद्वान वीर र वैज्ञानिक थिए। उनले आफ्नो देशमा निकै प्रगति गरे। आफ्नो सफलतासँगै रावणमा घमण्ड बढ्दै गयो। लोभ र लालच बढ्यो। सीतालाई अपहरण  गरे। लक्ष्मणको विचारमा यी कुराहरू नै रावणका दुर्दशा हुनुका कारणहरू हुन् ।


ख. विभीषणका विचारमा रामले किन अयोध्या नगई लङ्कामै राज गर्नु उपयुक्त थियो।
कक्षा १० को नेपाली किताबमा समावेश गरिएको 'जन्मभूमि' कथा चर्चित काव्य 'रामायण'मा आधारित कथा हो। रावणको अन्त्यपछि विभीषणले लक्ष्मण मार्फत रामलाई  लङ्काको राजा हुन अनुरोध गरे। लङ्का रामले जितेको देश हो। नीतीअनुसार कुनै देशलाई जसले जितेको हो उसैले शासन गर्ने पहिलो हक पाउँछ। अयोध्यामा राज गर्न भरत छन्। विभीषणका यिनै विचारका अधारमा राम अयोध्या नगई लङ्कामै राज गर्नु उपयुक्त थियो।
ग. लङ्का शहर कस्तो थियो?
कक्षा १० को नेपाली किताबमा समावेश गरिएको 'जन्मभूमि' कथा चर्चित काव्य 'रामायण'मा आधारित कथा हो। यश कथामा विहानको उदाउँदो सूर्यको प्रकाशमा सुन्दर लङ्का देखेर लक्ष्मण लोभिएका छन्। लङ्का वरिपरि समुद्रले घेरेको थियो। जब सूर्यको प्रकाश लङ्कामा पर्थ्यो, तब सुनैसुनले बनेका लङ्काका भवनहरू चम्कन्थे। लङ्का मनोहर, सुन्दर र विकसित थियो




घ. के कारणले रावणको हार भएको हो?
कक्षा १० को नेपाली किताबमा समावेश गरिएको 'जन्मभूमि' कथा चर्चित काव्य 'रामायण'मा आधारित कथा हो। रावणले आफ्नो अन्त्य हुने समयमा रामलाई उनको भाइ लक्ष्मणले साथ
 जितेको तर आफ्नोभाइ विभीषणले साथ नदिएकोले आफू हारेको बताएका थिए। विभीषणले रावणका भेद ?खोलिदिएपछि रामलाई रावणको अन्त्य गर्न सजिलो भयो। यस्तै रावण गलत चरित्र, घमण्ड र सीताको अपहरणजस्ता कार्यले गर्दा रावणको हार हुन पुगेको हो।


ङ. रामराज्यको अर्थ के हो?
कक्षा १० को नेपाली किताबमा समावेश गरिएको 'जन्मभूमि' कथा चर्चित काव्य 'रामायण'मा आधारित कथा हो। राम लङ्काको राजा हुने मौका छोडेर अयोध्या फर्किएर राजा हुन्छन्। उनले जननी र जन्मभूमिलाई स्वर्गभन्दा माथि सोच्छ्न् । उनले आफ्नो देशको सेवामा निरन्तर खटिन्छ्न्। जनतालाई अन्याय हुन दिँदैनन्। सबै जनता खुशी र सुखी हुन्छन्। रामले जनताको विचार बुझेर त्यही अनुसार शासन गर्दथे। यसरी जनताको मत अनुसार सबैको भलो हुनेगरी, सबै जनता खुशी हुनेगरी संचालन गरिएको राज्य नै रामराज्य हो।




सन्तुष्टि कविता
लेखक: भरताराज पन्त (वि.सं. १९८६- २०६५)
१. छन्दमा कविता लेख्ने एवम् शास्त्रीय कवि
२.


सन्तुष्टि





कक्षा १० को नेपाली विषयमा समावेश गरिएको सन्तुष्टि कविता कवि भरतराज पन्त (वि.सं. १९८६- २०६५) द्वारा लेखिएको छन्दोबद्ध कविता हो। मानिसले खराब काम गर्नुहुँदैन र आफूलाई प्राप्त कुरामा सन्तुष्ट हुन सक्नुपर्छ भन्ने भाव कवितामा लेखिएको छ। यो कविताले भ्रष्टाचार आदि खराब कामको विरोध र सत्कर्मको अह्वान गरेको छ।

कविताको पहिलो श्लोकमा मानिसलाई जीवनमा पेट भर्न आवश्यक मात्रामा खानेकुरा र शरीर ढाक्ने एकसरो कपडा भए पुग्ने विचार व्यक्त गरेका छन्। धेरै खोजेर असन्तुष्ट हुनुहुँदैन भन्ने कविको मत छ। दोस्रो श्लोकमा आफूलाई पुग्ने थोरै जमिन र घामपानीबाट बच्नलाई सानो घर भए पुग्छ भन्ने कविको विचार छ।
कविले तेस्रो श्लोकमा स्वावलम्बी बन्नुपर्छ, नोकर राखेर अर्कालाई दु: ख दिने काम गर्नुहुँदैन र जाँगर चलाएर आफ्नो काम आफै गर्नुपर्छ भनेका छन् । चौथो श्लोकमा विलास छोडेर मिजासिलो हुनुपर्छ र मित्रताको विकास गर्नुपर्छु भनेका छन्। गिलासको स्वाद हुँदैन। त्यस गिलासमा हुने पदार्थको स्वाद हुने हो। भौतिक बस्तु बाहिरी हो। सन्तुष्टि आन्तरिक मनमा हुन्छ। त्यसैले विलासले सन्तुष्टि नदिने कविको विचार छ।

घुस्याहा हुनु, अन्याय गर्नु, चिट चोरेर परीक्षा पास हुनु बेकार भएकाले आफू त्यसो नगर्ने कुरा पाँचौ श्लोकमा बताएका छन्। छैटौँ श्लोकमा नखाई धन जम्मा गर्नु र कसैको खाएर काम नगर्नु दुवै पाप भएको बताएका छन्।
सबैभन्दा ठूलो डाका अर्काको भाग खोसेर खाने मान्छे हो। आफ्नै कमाइ खाने र आफ्नै भरमा रहने मानिसलाई कसैले दोष लगाउन नसक्ने सातौँ श्लोकमा उल्लेख छ। यस्तै आत्तिने दु: ख र मात्तिने धन सम्पत्ति नआओस् भन्ने कविको कामना छ। आफूमा जे छ त्यसैमा सन्तुष्ट हुने भाव आठौँ श्लोकमा छ।

एकपक्षीय हुनुहुँदैन। दुइटा आँखा र कानको प्रयोगले सत्यतथ्य केलाउनुपर्ने कुरा नवौँ श्लोकमा छ। नाकले सुगन्ध र दुर्गन्ध थाहा पाउनुपर्छ। कुन सत्य र कुन गलत हो त्यो थाह पाउनुपर्छ। बोल्दा जिब्रोले विचार पुर्‍याएर बोल्नुपर्छ भन्ने भाव दशौँ श्लोकमा छ।

एघारौँ श्लोकमा दाँत कट्कटाएर रिसाउने काम गर्नुहुँदैन भनिएको छ। त्यस्तै शरीर जथाभावी छटपटाउनु हुँदैन, दीगो हुनुपर्छ भनिएको छ। बाह्रौँ श्लोकमा बल र बुद्धिको प्रयोग गरेर नयाँनयाँ रचना सिर्जना गर्नुपर्ने विचार छ। मनमा ममता भाव रहनुपर्ने र शरीरले नयाँनयाँ चेतनाको खोज गर्नुपर्ने भाव कविता छ।

तेह्रौँ श्लोकमा पृथ्वी स्वर्ग र यहाँका जनता भगवान हुन् भनिएको छ। परोपकार नै भगवान् को पूजा हुने र यसैगरी नि दु:खबाट मुक्त भइने भाव कवितामा छ। चौधौँ श्लोकमा सन्तुष्टि नै संसारको मुख्य सार हो र सन्तुष्टि लिनसके मात्रै स्रष्टाले सृष्टि गरेको यो जगत पनि रहिरहन्छ भनिएको छ।

समग्रमा मानिस लोभ, लालच, भ्रष्ट व्यवहार गर्ने हो भने समाज भत्किन्छ र यसले खुशी दिँदैन तर आफूसँग भएको कुरामा सन्तुष्ट रहने हो भने असीम खुशी प्राप्त हुने भाव कवितामा छ।



Comments

Post a Comment

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...