Skip to main content

नागरिकता विवाद र भ्रम र वास्तविकता


विमल गौतम 
नेपालमा नागरिकताको विषयमा सधैँ चर्चा र मतभेद चल्ने गरेको छ। एकातर्फ  विभिन्न समयमा नागरिकता जथाभावी बाँडेको आरोप र ती सबै नागरिकता खारेज गर्नुपर्ने माग सुनिन्छ्न् भने अर्कातर्फ नागरिकताको सवालमा विभेद सिर्जना गरेको र नागरिकता विहीन ठूलो हिस्सालाई नागरिकता दिनुपर्ने आवाज पनि उठिरहेका छन्। अहिले वैवाहिक अङ्गिकृत नागरिकको सवालमा सदन, सडक र मानिसका घरघरमा बहस चलिरहेको छ।

इन्डियामा नागिरकता अधिनियम १९५५ को धारा ५ मा रजिस्ट्रीकरणद्वारा नागरिकता शीर्षकको  (ग)मा " कोई व व्यक्ति जो भारत के किसी  नागरिक से विवाहीत है और रजिस्ट्रीकरण के लिए आवेदन करने के सात वर्ष पूर्व से भारत में मामूली तौर से निवासी हे;" व्यवस्था छ। यसको स्पष्टीकरणमा निम्न अनुसार व्यवस्था छ: "खंड (क) और खंड (ग) के प्रयोजनों के लिए, किसी आवेदक को भारत में मामूली तौर से निवासी समझा जाएगा, यदि ,–
(i) वह रजिस्ट्रीकरण  के लिए आवेदन करने के ठीक बारह मास पूर्व  की संपूर्ण  अवधि  भारत में  रहा है; और
(ii) उसने बारह मास की उक्त अविध के ठीक पूववर्ती  आठ वर्षों के दौरान कम से कम छह वर्ष की अविध के लिए
भारत में निवास किया है ।"
माथि उल्लेखित  सर्तहरू विचार गर्दा भारतमा विवाह गरेर जाने चेलीले नागरिकता सात वर्ष भनेर बजारमा चलेको हल्ला पनि गलत छ। न्यूनतम आठ वर्ष अनिवार्य देखिन्छ त्यसमा पनि निरन्तर बसिरहेको प्रमाण पेश गर्नुपर्छ। केही हल्लाहरू छ कि इन्डियामा नागरिकताको व्यवस्था नै छैन र विहे गरेर जाने चेलीले जानासाथ रासनकार्ड आदि पाउँछन् भनेर। यो अर्को भ्रम हो। भोटरकार्ड, रासनकार्ड आदि प्रमाणपत्र हुनासाथ ती व्यक्ति त्यहाँका नागरिक ठहरिदैनन्। यस्ता प्रमाणपत्र झोलामा हालेर आफू नागरिक भएको प्रमाणित गर्न कति व्यक्ति अदालत धाइरहेका छन् भने कतिलाई यस्ता प्रमाणपत्र पेश गर्दा पनि नागरिक हुने आधार नदेखिएको भन्दै अदालतबाट अस्वीकार गरिएको पाइन्छ।


Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...