Skip to main content

भाव वा अर्थका हिसाबले वाक्य

 भाव वा अर्थका हिसाबले वाक्यलाई पाँच प्रकारमा वर्गीकरण गर्न सकिन्छ  ।                                                                                               १)     सामान्यार्थक :- क्रियाको सामान्य भाव बुझाउने वाक्यलाई सामान्यर्थक वाक्य भनिन्छ। सामान्यर्थक वाक्यले सामान्य रूपमा हो वा होइन भन्ने अर्थ आउने गरी क्रियाको भाव बुझाउँछ।


काल / पक्षमा प्रयोग हुने सम्पूर्ण रूपहरू सामान्यार्थक वाक्य हुन् ।

-    राम घर जान्छ ।

-    राम घर गयो ।

-    राम घर जानेछ ।  आदि ।

२)     इच्छार्थक/विध्यर्थक :- इच्छा, आशीर्वाद वा शुभकामनाको भाव बोक्ने क्रियपदको प्रयोग भएको वाक्यलाई इच्छार्थक वाक्य भनिन्छ ।

·         प्रथम पुरुष

-    म हिडूँ । ( धातु+ऊँ)

-    हामी हिडौँ ( धातु+औँ)

·         द्वितीय परुष

-    तँ डुलेस् । (धातु+ एस्)

-    तिमी पढे । (धातु+ ए)

-    तिमीहरू घर गए । (धातु+ए)

-    तपाईँ पढ्नुहोओस् । (धातु+ नुहोओस्)

-    हजुर पढ्नुहोओस् । (धातु+ होओस्)

·         तृतीय पुरुष

-    ऊ पढोस् ।(धातु+ओस्)

-    तिनीहरू पढून् । (धातु+ ऊन्)

-    तिनीहरू डुलून् । (धातु+ऊन्)

-    उनीहरू डुलून् ।

-    राम डुलोस् । (धातु + ओस्)

-    त्यो घर जाओस् ।

·         कर्मवाच्यलाई इच्छार्थक बनाउँदा ‘इयून्‘ / ‘इयोस्‘ थप्ने

-    (आँपहरू खाइन्छ ।) आँपहरू खाइयून् । (धातु+ इयून्)

-    (हरिबाट भाइ पिटिन्छ) हरिबाट भाइ पिटियून् / पिटियोस् ।

३)     आज्ञार्थक :- आदेश, आज्ञा वा अनुरोध गर्ने वाक्यलाई आज्ञार्थक वाक्य भनिन्छ । (धातु+ र/ऊ/नु/खा/ इबक्सियोस्/ होस्)

-    आज्ञार्थमा काल र पक्षको भेद हुँदैन । द्वितीय पुरुषमा मात्र प्रयोग हुन्छ ।

-    तँ र तिमी हुँदा आज्ञार्थक तपाईँ र हजुर कर्ता भए अनुरोधार्थक क्रियापद हुन्छ ।

उदाहरण:

·         तिमी पढ ।

·         तिमी राम्ररी पढ्नू

·         हरि र राम स्कुल जाओ ।

·         तिमी खाना खाऊ ।

·         तपाईँ लेख्नुहोसस् ।

४)     सङ्केतार्थक :- कार्यकारण सम्बन्ध रहेको वाक्य सङ्केतार्थक वाक्य हो। यसमा एउटा क्रियाले कारणको भाव बुझाउँछ भने अर्को क्रियाले कार्यको भाव बुझाउँछ ।

-    मन मिले बिहे हुन्छ ।

-    मन मिल्यो भने बिहे हुन्छ ।

-    आकाश गर्जे पानी पर्छ ।

-    (सागर पौडी खेल्छ।) सागरले पौडी खेले हुन्छ ।

५)     सम्भावनार्थक :- सम्भावना बुझाउने वाक्यलाई सम्भावनार्थक वाक्य भनिन्छ ।

(धातु+उँला)

जाउँला/खाउँला/ घुमौँला/

जालास्/ खालास्/ घुमौली

घुम्लान्/घुम्लिन्/

जान्छन् होला/ भएको होला

-    म पढुँला ।(सामान्य सम्भावना)

-    तिमी पढदै हौला

-    राम पढदै होला। (अपूर्ण सम्भावनार्थ)

-    सीताले पढेकी होली ।(पूर्ण सम्भावनार्थक)

६)     प्रश्नार्थक- प्रश्न सोधेको बुझिने वाक्य प्रश्नार्थक वाक्य हो ।

-    हरि कहाँ हिँडेको ?

-    तिमी के खान्छौ ?



अभ्यास

 अ)     तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित इच्छार्थमा परिवर्तन गर्नुहोस् । ४

नेपालको चाँडै उन्नति हुन्छ। हामी स्वदेशमा नै काम पाउँछौँ । नेपालीहरू सुखी जीवन बिताउँछन् । नेपालको संसारमा सम्मान हुन्छ ।


उत्तर = नेपालको चाँडै उन्नति होओस् । हामी स्वदेशमा नै काम पाऔँ। नेपालीहरू सुखी जीवन बिताऊन् । नेपालको संसारमा सम्मान होओस् ।


आ)   तलको अनुच्छेदमा रहेका वाक्यहरूलाई आवश्य सुधारसहित आज्ञार्थमा परिवर्तन गर्नुहोस् ।४

तिमी मिहिनेत गर्छौ । राम र हरि राम्ररी पढ्छन् । अरू साथीहरूलाई पनि तिमीहरू सम्झाउँछौ । तिमी विद्यार्थीहरू असफल हुने क्रम रोक्छौ ।


इ)      तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित इच्छार्थमा परिवर्तन गर्नुहोस् । ४

म राम्ररी पढ्छु । ऊ पनि राम्ररी पढ्छ । उनीहरू पनि राम्ररी पढ्छन् ।हामी भविष्यमा सफल बन्छौँ ।


ई)      तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित सामान्य भूतमा परिवर्तन गर्नुहोस् । ४

तिमी बिहानै उठ्छौ । तिमी व्यायाम गर्छौ । तिमीले भाइलाई गृहकार्य गराउँछौ ।तिमीलाई सबैले माया गर्छन्।


उ)      तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित सम्भावनार्थमा परिवर्तन गर्नुहोस् । ४

नेपाल विश्वको महान् देश बन्छ। नेपालबाट शान्तिको सन्देश संसारभर फैलिन्छ । हाम्रा सन्तानको भविष्य उज्ज्वल रहन्छ । नेपाली हुनुमा खुसी लाग्छ ।

Comments