भाव वा अर्थका हिसाबले वाक्यलाई पाँच प्रकारमा वर्गीकरण गर्न सकिन्छ । १) सामान्यार्थक :- क्रियाको सामान्य भाव बुझाउने
वाक्यलाई सामान्यर्थक वाक्य भनिन्छ। सामान्यर्थक वाक्यले सामान्य रूपमा हो वा होइन
भन्ने अर्थ आउने गरी क्रियाको भाव बुझाउँछ।
काल / पक्षमा प्रयोग हुने सम्पूर्ण रूपहरू सामान्यार्थक वाक्य हुन् ।
- राम घर जान्छ ।
- राम घर गयो ।
- राम घर जानेछ । आदि ।
२) इच्छार्थक/विध्यर्थक :- इच्छा, आशीर्वाद वा शुभकामनाको भाव बोक्ने क्रियपदको प्रयोग भएको वाक्यलाई इच्छार्थक वाक्य भनिन्छ ।
· प्रथम पुरुष
- म हिडूँ । ( धातु+ऊँ)
- हामी हिडौँ ( धातु+औँ)
· द्वितीय परुष
- तँ डुलेस् । (धातु+ एस्)
- तिमी पढे । (धातु+ ए)
- तिमीहरू घर गए । (धातु+ए)
- तपाईँ पढ्नुहोओस् । (धातु+ नुहोओस्)
- हजुर पढ्नुहोओस् । (धातु+ होओस्)
· तृतीय पुरुष
- ऊ पढोस् ।(धातु+ओस्)
- तिनीहरू पढून् । (धातु+ ऊन्)
- तिनीहरू डुलून् । (धातु+ऊन्)
- उनीहरू डुलून् ।
- राम डुलोस् । (धातु + ओस्)
- त्यो घर जाओस् ।
· कर्मवाच्यलाई इच्छार्थक बनाउँदा ‘इयून्‘ / ‘इयोस्‘ थप्ने
- (आँपहरू खाइन्छ ।) आँपहरू खाइयून् । (धातु+ इयून्)
- (हरिबाट भाइ पिटिन्छ) हरिबाट भाइ पिटियून् / पिटियोस् ।
३) आज्ञार्थक :- आदेश, आज्ञा वा अनुरोध गर्ने वाक्यलाई आज्ञार्थक वाक्य भनिन्छ । (धातु+ र/ऊ/नु/खा/ इबक्सियोस्/ होस्)
- आज्ञार्थमा काल र पक्षको भेद हुँदैन । द्वितीय पुरुषमा मात्र प्रयोग हुन्छ ।
- तँ र तिमी हुँदा आज्ञार्थक तपाईँ र हजुर कर्ता भए अनुरोधार्थक क्रियापद हुन्छ ।
उदाहरण:
· तिमी पढ ।
· तिमी राम्ररी पढ्नू
· हरि र राम स्कुल जाओ ।
· तिमी खाना खाऊ ।
· तपाईँ लेख्नुहोसस् ।
४) सङ्केतार्थक :- कार्यकारण सम्बन्ध रहेको वाक्य सङ्केतार्थक वाक्य हो। यसमा एउटा क्रियाले कारणको भाव बुझाउँछ भने अर्को क्रियाले कार्यको भाव बुझाउँछ ।
- मन मिले बिहे हुन्छ ।
- मन मिल्यो भने बिहे हुन्छ ।
- आकाश गर्जे पानी पर्छ ।
- (सागर पौडी खेल्छ।) सागरले पौडी खेले हुन्छ ।
५) सम्भावनार्थक :- सम्भावना बुझाउने वाक्यलाई सम्भावनार्थक वाक्य भनिन्छ ।
(धातु+उँला)
जाउँला/खाउँला/ घुमौँला/
जालास्/ खालास्/ घुमौली
घुम्लान्/घुम्लिन्/
जान्छन् होला/ भएको होला
- म पढुँला ।(सामान्य सम्भावना)
- तिमी पढदै हौला
- राम पढदै होला। (अपूर्ण सम्भावनार्थ)
- सीताले पढेकी होली ।(पूर्ण सम्भावनार्थक)
६) प्रश्नार्थक- प्रश्न सोधेको बुझिने वाक्य प्रश्नार्थक वाक्य हो ।
- हरि कहाँ हिँडेको ?
- तिमी के खान्छौ ?
अभ्यास
अ) तलको अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित इच्छार्थमा परिवर्तन गर्नुहोस् । ४
नेपालको चाँडै
उन्नति हुन्छ। हामी स्वदेशमा नै काम पाउँछौँ । नेपालीहरू सुखी जीवन बिताउँछन् ।
नेपालको संसारमा सम्मान हुन्छ ।
उत्तर = नेपालको चाँडै उन्नति होओस् । हामी स्वदेशमा नै काम
पाऔँ। नेपालीहरू सुखी जीवन बिताऊन् । नेपालको संसारमा सम्मान होओस् ।
आ)
तलको
अनुच्छेदमा रहेका वाक्यहरूलाई आवश्य सुधारसहित आज्ञार्थमा परिवर्तन गर्नुहोस् ।४
तिमी मिहिनेत गर्छौ । राम र हरि राम्ररी पढ्छन् । अरू
साथीहरूलाई पनि तिमीहरू सम्झाउँछौ । तिमी विद्यार्थीहरू असफल हुने क्रम रोक्छौ ।
इ)
तलको
अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित इच्छार्थमा परिवर्तन गर्नुहोस् । ४
म राम्ररी पढ्छु । ऊ पनि राम्ररी पढ्छ । उनीहरू पनि राम्ररी
पढ्छन् ।हामी भविष्यमा सफल बन्छौँ ।
ई)
तलको
अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित सामान्य भूतमा परिवर्तन गर्नुहोस् । ४
तिमी बिहानै उठ्छौ । तिमी व्यायाम गर्छौ । तिमीले भाइलाई गृहकार्य
गराउँछौ ।तिमीलाई सबैले माया गर्छन्।
उ)
तलको
अनुच्छेदका वाक्यलाई आवश्यक सुधारसहित सम्भावनार्थमा परिवर्तन गर्नुहोस् । ४
नेपाल विश्वको महान् देश बन्छ। नेपालबाट शान्तिको सन्देश संसारभर
फैलिन्छ । हाम्रा सन्तानको भविष्य उज्ज्वल रहन्छ । नेपाली हुनुमा खुसी लाग्छ ।
Comments
Post a Comment