Skip to main content

Posts

नेपाली भाषामा शब्दस्रोत परिचय शब्दभण्डार भाषाको महत्त्वपूर्ण व्यवस्था हो। प्रत्येक भाषामा आफ्नै प्रकारको शब्दभण्डार रहेको हुन्छ। शब्दलाई स्रोत, व्युत्पत्ति, रचना, कार्य आदि विभिन्न आधारमा वर्गीकरण गरिन्छ। शब्द उत्पादन हुने स्रोतको आधारमा वर्गीकरण हुनु स्रोतको आधारमा वर्गीकरण हो। स्रोत भन्नाले उत्पत्ति हुने स्थान अथमा मुहान भन्ने अर्थ लाग्छ। नेपाली भाषाको जननी भाषा संस्कृत भएकोले यो भाषाको प्रमुख स्रोत वा मुहान संस्कृत भाषा हो। संस्कृतबाट रूप नफेरी सोझै नेपालीमा आएका शब्द तत्सम शब्द हुन्। यस्तै संस्कृतबाट प्राकृत र अपभ्रंश भएर रूप फेरर नेपाली भाषामा आएका शब्द तद्‌भव हुन्।नेपाली भाषाका आफ्नै ठेट शब्दहरू पनि छन् जो नेपाली भाषाका विशुद्घ उत्पादन हुन्। यस्तै नेपाली भाषामा नेपाल भित्रका अन्य भाषा र नेपाल बाहिरका भाषाहरूबाट समेत शब्दहरू आएका छन्। यसरी नेपाली भाषामा शब्दस्रोतलाई निम्न शीर्षकमा राखेर अध्ययन गर्न सकिन्छ। १)      मौलिक शब्द अ)         तत्सम शब्द आ)       तद्‌भव शब्द इ)    ...