Skip to main content

नेपाली भाषामा शब्दस्रोत

परिचय

शब्दभण्डार भाषाको महत्त्वपूर्ण व्यवस्था हो। प्रत्येक भाषामा आफ्नै प्रकारको शब्दभण्डार रहेको हुन्छ। शब्दलाई स्रोत, व्युत्पत्ति, रचना, कार्य आदि विभिन्न आधारमा वर्गीकरण गरिन्छ। शब्द उत्पादन हुने स्रोतको आधारमा वर्गीकरण हुनु स्रोतको आधारमा वर्गीकरण हो। स्रोत भन्नाले उत्पत्ति हुने स्थान अथमा मुहान भन्ने अर्थ लाग्छ। नेपाली भाषाको जननी भाषा संस्कृत भएकोले यो भाषाको प्रमुख स्रोत वा मुहान संस्कृत भाषा हो। संस्कृतबाट रूप नफेरी सोझै नेपालीमा आएका शब्द तत्सम शब्द हुन्। यस्तै संस्कृतबाट प्राकृत र अपभ्रंश भएर रूप फेरर नेपाली भाषामा आएका शब्द तद्‌भव हुन्।नेपाली भाषाका आफ्नै ठेट शब्दहरू पनि छन् जो नेपाली भाषाका विशुद्घ उत्पादन हुन्। यस्तै नेपाली भाषामा नेपाल भित्रका अन्य भाषा र नेपाल बाहिरका भाषाहरूबाट समेत शब्दहरू आएका छन्। यसरी नेपाली भाषामा शब्दस्रोतलाई निम्न शीर्षकमा राखेर अध्ययन गर्न सकिन्छ।

१)     मौलिक शब्द

अ)        तत्सम शब्द

आ)      तद्‌भव शब्द

इ)         ठेट/झर्रा शब्द

२)     आगन्तुक शब्द

अ)        नेपालभित्रका भाषाबाट आएका शब्दहरू

आ)      नेपालबाहिरका भाषाबाट आएका शब्दहरू

 

शब्दस्रोतका आधारमा शब्दको वर्गीकरण

१)     मौलिक शब्द

संस्कृतबाट नेपालीमा आएका तत्सम र तद्‌भव तथा नेपाली भाषाको मौलिक उत्पादन ठेट नेपाली शब्दहरू नेपाली भाषाका मौलिक शब्दहरू हुन् ।

अ)        तत्सम शब्द

संस्कृतमा जस्तो अवस्थामा छन्, त्यही अवस्थामा नेपालीमा पनि रहेका शब्द नै तत्सम शब्द हुन्। यस्ता शब्दको पहिचान गर्ने केही आधारहरू निम्नप्रकार छन् ।

क)     प्राय बीचमा दीर्घ ईकार वा ऊकार आउने शब्द तत्सम हुन् ।

अतीत, निर्भीक, आशातीत

ख)     सन्धिभएका केही तत्सम शब्दहरू निम्न छन् ।

न्यायाधीश, महोत्सव, हिमालय, रवीन्द्र, महेन्द्र, प्रत्युर,

ग)      प्राय अव्यय बाहेक अन्य शब्दका अन्त्यमा ह्रस्व आएमा ति  तत्सम हुन् ।

रुचि, शुचि, शशि, ग्लानि, सिद्धि, भूमि, रवि

घ)      अन, ईय, ईन, अनीय, अक, इक,  इत, त, ता, ति, य आदितत्सम प्रत्यय लागेका शब्दहरू तत्सम हुन् ।

करण(कृ+अन), दर्शन (दृश्+अन), स्मरण (स्मृ+अन)

ङ)      विसर्ग लागेका शब्द तत्सम हुन् ।

दु:ख, प्राय: क्रमश:

च)      ऋ भएका शब्द तत्सम हुन् ।

ऋषि, कृषि,

छ)     शब्दको सुरुमा दीर्घ इकार वा उकार लागेका शब्द तत्सम हुन् ।

श्रम, विश्राम

ज)      ञ, ण,श,क्ष, त्र, ज्ञ भएका शब्दहरू प्राय सबै तत्सम हुन् ।

विज्ञान, शून्य, क्षेत्र

झ)     शिरबिन्दु लागेका शब्द तत्सम हुन् ।

कंश, वंश, संयोग, संहार

ञ)     रेफभन्दा अगाडि दीर्घ आउने शब्द तत्सम हुन् ।

तीर्थ, दीर्घ, सूर्य

ट)      ‘व‘ लेखिएका तर ‘ब‘ गच्चारण हुने शब्द तत्सम हुन् ।

विमल, विजय, विशाल,वन , विनास

ठ)      सम्, अभि, अति, उत्, वि, सु, उप, अनु जस्ता उपसर्ग लागेका शब्द तत्सम हुन् ।

सम्पूर्ण, अभिमान, अतिउत्तम

आ)      तद्‌भव शब्द

यी शब्द सोझै संस्कृतबाट नेपालीमा आएका शब्द होइनन् । संस्कृतबाट प्राकृत हुँदै वा अपभ्रंश भएर नेपालीमा आएमा हुन् ।यस्ता शब्दको पहिचान गर्ने केही आधार निम्नअनुसार उल्लेख गरिएको छ।

क)     तत्सम शब्दमा अनुनासिक स्वर उच्चारण भएका शब्द तद्‌भव बन्दा चन्दबिन्दु हुन्छन्।

तत्सम

तद्‌भव

पञ्च

पाँच

कण्टक

काँडा

दन्त

दाँत

स्कन्ध

काँध

बंशी

बाँसुरी

हंस

हाँस

अङ्गुल

औँला

सत्य

साँचो

उष्ट्र

उँट

अश्रु

आँसु

 

 

 

ख)     तत्सम शब्दमा 'व' लेखिएका केही शब्द तद्‌भवमा 'ब' मा परिवर्तन भएको पाइन्छ ।

तत्सम

तद्‌भव

वर्ष

बर्खा

वर्षान्त

बर्खान्त

वधु

बेहुली

वानर

बाँदर

 

ग)      तालव्य ‘श‘ र मुर्धन्य ‘ष‘ तद्‌भव हुँदा दन्त्य ‘स‘मा परिवर्तन भएको पाइन्छ ।

तत्सम

तद्‌भव

कृषक

किसान

आषाढ

असार

पौष

पुष

 

 

 

घ)      ‘ष‘ लाई ‘ख‘मा परिवर्तन भएर पनि तद्‌भव बनको पाइन्छ ।

तत्सम

तद्‌भव

वर्षा

बर्खा

षडानन्द

खडानन्द

षष्ठी

खष्ठी

 

 

 

ङ)      तत्सम शब्दमा ‘य‘ तद्‌भव हुँदा ‘ज’मा परिवर्तन भएको पाइन्छ।

तत्सम

तद्‌भव

सूर्य

सुर्जे

कार्य

कार्जे

यमराज

जेमराज

यजमान

जजमान

योगी

जोगी

संयोग

संजोग

 

 

च)      संस्कृतबाट प्राकृत हुँदै नेपालीमा आएका शब्द तद्‌भव हुन्।

तत्सम

प्राकृत

तद्‌भव

कर्ण

कन्न

कान

धर्म

धम्म

धाम

अक्षि

अख्खि

आँखो

पत्र

पत्त

पात

दुग्ध

दुद्‌ध

दूध (दुध)

हस्ती

हत्थी

हात्ती

अग्नी

अग्गि

आगो

सप्त

सत्त

सात

कर्म

कम्म

काम

खाद्य

खाज्जा

खाजा

वाद्य

बाज्जा

बाजा

 

 

 

 

छ)     सर्वनामहरू

तत्सम

तद्‌भव

तत्

त्यो

यत्

यो

सर्व

सबै

त्वम्

तिमी

ज)      धातुहरू

तत्सम

तद्‌भव

गम्

जा > जानु/गयो

भण्

भन्

हस्

हाँस्

लिख्

लेख्

पठ

पढ्

खाद्

खा

 

इ)         ठेट/झर्रा शब्द

संस्कृतबाट पनि नआएका, अन्य भाषाबाट पनि नआएका, नेपाली भाषा बोल्ने समाजमा मौलिक रूपमा उत्पादन भएका शब्द हुन् ।

·         अनुकरणात्मक शब्दहरू ठेट नेपाली शब्द हुन् ।

कटक्क, थचक्क, प्याच्च, ङिच्च, फटाफट आदि।

·         अन्य शब्दहरू

तल, छाउरो, कान्लो, पस्यौटो आदि

 

 

२)     आगन्तुक शब्द

नेपाली भाषाको जननी संस्कृत तथा नेपाली भाषा बोल्ने समाजको मौलिक उत्पादनबाहेक अन्य भाषाबाट लिइएका शब्दहरू आगन्तुक शब्द हुन्।

अ)  नेपालभित्रका भाषाबाट आएका शब्दहरू

·         लिम्बू:- मुन्धुम, तोम्बा, याक्सा आदि ।

·         नेवारी:- ज्यावल, ज्यामी, झ्याल, सुकुल, गुन्द्रुक, लाखे आदि।

·         मैथिली:- जन, ढाट, ठाट, टेवा, पटुवा, पैनी आदि।

·         मगर भाषा: जाँड, पटुका

आ)नेपालबाहिरका भाषाबाट आएका शब्दहरू

·         अङ्ग्रेजी :- कोट, बिल, डटपेन, डाक्टर, ज्याकेट आदि

·         फारसी :- आवाज, जासुस, जिन्दगी, मोर्चा, पर्दा, आराम, आमदानी, ताजा आदि ।

·         अरबी:- इनाम, दुनीयाँ: मतलव, सल्लाह आदि ।

·         हिन्दी:- हालत, आपस, अगुवा, जोडा आदि ।

·         उर्दू:- जायज अमिर, आदालत, हिरासत आदि।

·         जापान:- टोयोटा, होन्डा, कराते आदि ।

·         चाइनिज:- चाउचाउ आदि।

 

 

 

 

अभ्यास

१)     तल दिइएको  अनुच्छेदबाट दुई दुईओटा आगन्तुक र  तत्सम शब्द पहिचान गर्नुहोस् ।

क)     छोरा नरो, तँ टाइ, कोट, टोप र प्याटलुनमा बिक्ने मान्छे होइनस् । मातृभूमिको ऋण धैर्य र सहनशील बनी तिर् ।

तत्सम

आगन्तुक

मातृभूमि

ऋण

टाइ

कोट

 

ख)     बाइसे राज्यका मानिसहरूले जीवन निर्वाहका लागि अँगालेको सबभन्दा प्रमुख पसा न कृषि थियो। जागिरका लागि अन्य कुनै बाटो थिएन। पसल खोलेर बस्नेहरू पनि हुँदैनथे।

ग)      विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ। भलाद्मीको प्रमाणपत्र सधैँ उसको शरीरउपर विज्ञापन जाहेरी गर्दछ।

घ)       प्रकाशले जाडो याम सुरु भएपछि बहिनीले विदेशबाट पठाइदिएको स्विटर लगाए ।मैला भएपछि स्विटर धोए अनि सूर्यको कडा प्रकाशमा सुकाए । जाडो सकिएपछि त्यसलाई पट्याए र सानो सुटकेसमा राखी आलमारीमा थन्क्याए ।

 

 

२)     तल दिइएको अनुच्छेदबाट दुई दुईओटा तत्सम र तद्‌भव शब्द खोजी लेख्नुहोस् ।

क)     एक रात तिनी खाई पिई सुत्ने यत्न गरिरहेका थिए । तिनका मनमा धेरै प्रकारका विचार आउन थाले । तिनको जीवन असफल भन्न कसैले सक्दैन ।

तत्सम

तद्‌भव

यत्न

जीवन

रात

एक

 

 

 

 

 

 

ख)     नेपालमा बाह्रै महिना मानिसका गलामा आरुका फूल फुल्दछन् । यहाँ हृदयको स्पन्दन झैँ उफ्री उफ्री मृग शावकका हुल खेल्दछन् । यस्तै यहाँ रातमा पनि हिमालयले आँगनमा घाम पाल्दछ।

ग)      असारमा रोपेर मङ्सिर महिनाम अन्नका रूपमा धान घरघरमा भित्र्याउँदा कृषकहरू हर्षले गद्‌गद् भएका छन् ।


Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...