Skip to main content

यसकारण मलाई राजनीति मन पर्दैन कथा

गाउँको सिरानमा हाम्रो घर थियो। घर नजिकै भिरालो भाग पारी ढुङ्गैढुङ्गाको खहरे ढाँड, जङ्गल, ठूलो ढुङ्गा र त्यसको अलि माथि चुच्चेढुङ्गा थियो । पाखामा छुट्टै एउटा बाङ्गेसाल थियो घरैबाट स्पष्ट देखिने। साँझतिर चितुवा हिँडिरहेको देखिन्थ्यो कहिलेकाँही त्यो सालको वरिपरि। ढाँडको तल्लो भागमा औले घारी र त्यो भन्दा तल्लो भागमा थकौले घारी, अनि तल भुल्के खोला बगेर भुल्केदोभानमा मलुङ खोलासँग मिल्न गएको। अर्कोतर्फ भुल्केगाउँको पारिपट्टि माधपुर ठाडो शिर पारेर उभिएको थियो। हाम्रो घरबाट पारी कान्छा मुखियाको घर नजिकै झरिरहेको वाग्दु झरना आँखामा टल्किन्थ्यो। साँझको बेला म हाम्रो घरकै घुर्‍यान तल रहेको ढुङ्गामा बस्थेँ। मेरो प्लेग्रुप, नर्सरी र यूकेजी कक्षा त्यही ढुङ्गा थियो। म त्यही ढुङ्गामाथि बसेर साथीहरूसँगै नानाथरी गाउँले राइम्स चिच्याउथेँ, त्यसमा बुबाले भन्ने सवाई, सिलोकका साथै आमाले गाउने घाँसे  र सङ्गिनी गीत आदि पर्थे, कोही उट्पट्याङ गर्नेले सिकाएका कुरा पनि हाम्रोलागि गीत बन्थे। थुप्रै गीतहरूमध्ये मेरो मुखमा झुण्डिएको एउटा यस्तो थियो-
"स्कुलमा पढाउँथे हाम्रा शिक्षक कार्कीले
रामचन्द्रलाई थप्पड दियो गोल्चे सार्कीले।"

यो गीत गाउँदा मलाई लाग्थ्यो कि रामचन्द्र कुटाइ खानैपर्ने फ्कमान्छे होला, सायद केही बदमासी गरेको होला। एकपटक सोधेको पनि थिएंँ दाजुलाई, "रामचन्द्रलाई किन कुटेको?" उत्तर के पाएँ, अहिले सम्झनामा छैन। यो गायन सँगै मलाई स्कुलमा गएर शिक्षक कार्कीसँग पढ्ने चाह पनि बढेको थियो।

Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...