कारक र
विभक्ति
भाषाको
लघुतम एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद
क्रियासँगै सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक
पदको(नाम, सर्वनाम, विशेषण) सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन
गर्न सकिन्छ ।
कारक |
भूमिका |
विभक्ति |
विभक्ति चिह्न |
उदाहरण |
कर्ता |
काम गर्ने (कसले/को ?) |
प्रथमा |
ले/बाट/द्वारा |
म पुस्तक पढ्छु । |
कर्म |
कामको असर पर्ने (के/कसलाई ?) |
द्वितीय |
लाई/कन |
तिमीले रामलाई पिट्यौ। |
करण |
काम गर्ने साधन हेतु/कारण (केले / केको सहायता?) |
तृतीय |
ले/बाट/ द्वारा |
ऊ कलमले लेख्छ । ज्वरोले थला परियो । |
सम्प्रदान |
जसका लागि काम गरिन्छ (प्रापक/ कसलाई ?) |
चतुर्थी |
लाई/लागि/ निम्ति |
बाबाले आमालाई सारी किनिदिनुभयो। |
अपादान |
छुट्टिने स्थान/ सुरु हुने समय (कहाँबाट ? ) |
पञ्चमी |
देखि/बाट |
ऊ विराटनगरबाट आयो। |
सम्बन्ध |
- |
षष्ठी |
को/का/की/रो/ रा/री/नो/ना/नी |
हरिकी दिदीको बिहे भयो। |
अधिकरण |
अधार दिने (कहाँ) |
सप्तमी |
मा/माथि/भित्र विषे/मुनि |
गिलासमा चिया छ। |
सम्बोधन |
- |
- |
ए/हे/ओ |
ए ! राम.... |
१) हरिले
जङ्गलबाट हँसियाले घाँस काटेर डोकामा हालेर ल्यायो र भैँसिलाई दियो । हरि= कर्ता जङ्गलबाट=
अपादान घाँस= कर्म हँसिया= करण डोको= अधिकरण भैँसी= सम्प्रदान |
रूपका आधारमा
कारकलाई सरल र तिर्यक् गरेर दुई भागमा बाँडिएको छ ।
क) सरल कारक
ख) तिर्यक् कारक
भाषाको लघुतम
एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद क्रियासँगै
सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक पदको(नाम, सर्वनाम, विशेषण)
सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ ।
क) सरल कारक
रूपायन शून्य हुन्छ । वाक्यको संरचनामा नामिक पदमा कुनै
परिवर्तन आउँदैन। सामान्य वा अचिन्हित प्रकृतिको हुन्छ । सरल कारकको प्रयोग कर्ता,
कर्म र अधिकरण कारकमा हुन्छ । विभक्ति लाग्दैन। नामयोगी लाग्दैन। सामान्य आदरको
प्रयोग हुन्छ । एकवचनमा हुन्छ ।
-
राम खोक्छ ।
-
केटी गई ।
-
त्यो आउँदै छ।
-
तिमी बाख्रो
हेर ।
-
म खाना पकाउँछु
-
तँ घर बस्छस् ।
-
ऊ सगरमाथा
चढ्यो । आदि।
ख) तिर्यक् कारक
आदरार्थी,
विभक्ति चिन्ह लाग्ने, वहुवचन, नामयोगी आदि लाग्ने र रूप बदलिएर प्रयोग हुने कारक
तिर्यक कारक हुन् । विकार उत्पन्न हुने कारक तिर्यक् कारक हुन् ।
-
रामले खोक्यो ।
-
केटीहरू गए।
-
उनी राम्रा छन्
।
Comments
Post a Comment