Skip to main content

कारक र विभक्ति



कारक र विभक्ति

भाषाको लघुतम एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद क्रियासँगै सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक पदको(नाम, सर्वनाम, विशेषण) सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ ।


कारक

भूमिका

 विभक्ति

विभक्ति चिह्न

उदाहरण

कर्ता

काम गर्ने

(कसले/को ?)

प्रथमा

ले/बाट/द्वारा

 

पुस्तक पढ्छु ।

कर्म

कामको असर पर्ने

(के/कसलाई ?)

द्वितीय

लाई/कन

तिमीले रामलाई पिट्यौ।

करण

काम गर्ने साधन

हेतु/कारण

(केले / केको सहायता?)

तृतीय

ले/बाट/ द्वारा

कलमले लेख्छ ।

ज्वरोले थला परियो ।

सम्प्रदान

जसका लागि काम गरिन्छ

(प्रापक/ कसलाई ?)

चतुर्थी

लाई/लागि/ निम्ति

बाबाले आमालाई सारी किनिदिनुभयो।

अपादान

छुट्टिने स्थान/ सुरु हुने समय  (कहाँबाट ? )

पञ्चमी

देखि/बाट

विराटनगरबाट आयो।

सम्बन्ध

-

षष्ठी

को/का/की/रो/

रा/री/नो/ना/नी

हरिकी दिदीको बिहे भयो।

अधिकरण

अधार दिने

(कहाँ)

सप्तमी

मा/माथि/भित्र

विषे/मुनि

गिलासमा चिया छ।

सम्बोधन

-

-

ए/हे/ओ

­­! राम....

१)     हरिले जङ्गलबाट हँसियाले घाँस काटेर डोकामा हालेर ल्यायो र भैँसिलाई दियो ।

हरि= कर्ता     जङ्गलबाट= अपादान    घाँस= कर्म    हँसिया= करण   डोको= अधिकरण    भैँसी= सम्प्रदान




रूपका आधारमा कारकलाई सरल र तिर्यक् गरेर दुई भागमा बाँडिएको छ ।

क)     सरल कारक

ख)     तिर्यक् कारक

भाषाको लघुतम एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद क्रियासँगै सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक पदको(नाम, सर्वनाम, विशेषण) सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ ।

क)     सरल कारक

रूपायन शून्य हुन्छ । वाक्यको संरचनामा नामिक पदमा कुनै परिवर्तन आउँदैन। सामान्य वा अचिन्हित प्रकृतिको हुन्छ । सरल कारकको प्रयोग कर्ता, कर्म र अधिकरण कारकमा हुन्छ । विभक्ति लाग्दैन। नामयोगी लाग्दैन। सामान्य आदरको प्रयोग हुन्छ । एकवचनमा हुन्छ ।

-    राम खोक्छ ।

-    केटी गई ।

-    त्यो आउँदै छ।

-    तिमी बाख्रो हेर ।

-    म खाना पकाउँछु

-    तँ घर बस्छस् ।

-    ऊ सगरमाथा चढ्यो । आदि।

ख)     तिर्यक् कारक

आदरार्थी, विभक्ति चिन्ह लाग्ने, वहुवचन, नामयोगी आदि लाग्ने र रूप बदलिएर प्रयोग हुने कारक तिर्यक कारक हुन् । विकार उत्पन्न हुने कारक तिर्यक् कारक हुन् ।

-    रामले खोक्यो ।

-    केटीहरू गए।

-    उनी राम्रा छन् ।

 















Comments