बनोटका आधारमा वाक्य तीन प्रकारका हुन्छन् ।
क) सरल वाक्य
ख) मिश्र वाक्य
ग) संयुक्त वाक्य
क) सरल वाक्य
१) आर्यन खाना खान्छ ।
२) रोरिसा पढ्छे ।
३) साहिलले हिजो जन्मदिन मनायो ।
ख) मिश्र वाक्य ( सापेक्ष संयोजकले जोड्छ= जब तब, यो त्यो, भने )
जब बादल लाग्छ तब पानी पर्छ ।
जब आर्यन घर जान्छ तब खाना खान्छ ।
जो विद्यार्थी अल्छी छ त्यो कहिल्यै सफल हुँदैन ।
ग) संयुक्त वाक्य (निरपेक्ष संयोजकले जोड्छ = र , अनि, किनभने )
आर्यन घर जान्छ र खाना खान्छ ।
एउटा मात्रै समापिका क्रियापद प्रयोग भएको वाक्य सरल वाक्य हो
सरल वाक्य
बिराज गफ गर्छ ।
बिराज गफ गरेर घरमा जान बिर्सन्छ ।
जटिल वाक्य (संयुक्त वाक्य र मिश्र )
बिराज गफ गर्छ र घर जान बिर्सिन्छ । ( संयुक्त वाक्य)
जब बिराज गफ गर्छ तब घर जान बिर्सन्छ । ( मिश्र वाक्य)
१) वाक्य संश्लेषण
क) आदित्य घरमा जान्छ र खाना खाएर फुटबल खेल्न सहिद मैदान जान्छ ।
२ ) वाक्य विश्लेषण
ख) आदित्य घर जान्छ । आदित्य खाना खान्छ । आदित्य फुटबल खेल्न सहिद मैदान जान्छ ।
प्रश्न :
क)
ऊ दिनहुुँ गृहकार्य गर्छ । म पनि दिनहुँ गृहकार्य गर्छु । हामी एकछिन पढ्छौँ । हामी केही समय खेल्छौँ । हामी साँझ पर्नासाथ घर फर्कन्छौँ ।
= ऊ र म दिनहुँ गृहकार्य गरेर एकछिन पढेपछि केही समय खेलेर साँझ पर्नासाथ घर फर्कन्छौँ।
क)
= मेरी बहिनी सबेरै उठेर चिया पकाउँछिन् । (सरल वाक्य)
मेरी बहिनी सबेरै उठ्छिन् र उनी चिया पकाउँछिन् । ( संयुक्त वाक्य)
जब मेरी बहिनी सबेरै उठ्छिन् तब चिया पकाउँछिन् । ( मिश्र वाक्य)
Comments
Post a Comment