पदवर्ग/शब्दवर्ग
नेपाली भाषामा शब्द संस्कृतबाट,
अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण
हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा
पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले
वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग
भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा
विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ।
विकारी – नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद
अविकारी (अव्यय) – नामयोगी,
क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात
शब्दवर्ग निम्न छन्
१) नाम
२) सर्वनाम
३) विशेषण
४) क्रियापद
५) नामयोगी
६) क्रियायोगी
७) संयोजक
८) विस्मयादिबोधक
९)
निपात
शब्दवर्ग पहिचान गर्ने आधारहरू
शब्दवर्ग निम्न छन्
१) नाम
कुनै पनि वस्तुलाई जुन शब्दले
चिनाउँछ, त्यो नाम हो। व्यक्ति, वस्तु, पदार्थ वा तीनको भावलाई बुझाउन शब्द नाम
हो। ना पहिचान गर्ने आधार निम्न छन्।
·
नाममा विभक्ति
चिह्नहरू (ले,लाई,बाट, द्वारा आदि) प्रयोग हुन्छ। विभक्ति चिह्न प्रयोग भएका
सर्वनामबाहेकका शब्दहरू नाम हुन्।जस्तो: रामलाई, गरिबीलाई आदि।
·
नाम शब्दमा वचन
हुन्छ। गणनीय नाममा ‘हरू‘ थपेर तथा अगणनीय नाममा धेरै, प्रशस्त आदि धेरै बुझाउने
विशेषणको प्रयोगले बहुवचन बनाइन्छ।
·
धातुमा आइ,
आँइ, याइँ, नु प्रत्यय लाग्दा नाम बन्छ। जस्तो: चोर्नु असल होइन।
·
विशेषण शब्द वाक्यमा
कर्ताको रूपमा प्रयोग भएमा नाम बन्छन् । जस्तो: धेरैले प्रश्न गरे।
·
ता, त्व,
पन/पना, आदि प्रत्यय लागेर बनेका शब्द नाम हुन् ।जस्तो: सुन्दरता, कृतित्व,
भ्रातृत्व, बालकपन/ठिटोपना आदि।
·
को?, के?, कुन
ठाउँ? आदि प्रश्नको उत्तरमा आउने शब्द नाम हुन्।
नामका प्रकार
क)
व्यक्तिवाचक
नाम- माछापुच्छ्रे, सरस्वती, दशैँ, रामायण, मोरङ, अथर्व आदि।
ख)
जातिवाचक नाम-
देश, हिमाल, पहाड, नेवार, दरबार, पशु आदि।
ग)
द्रव्यवाचक
नाम- धुवाँ, अक्सिजन, दही, धान, चामल आदि नापतौल गर्न सकिने पदार्थहरू।
घ)
समूहवाचक नाम-
जोर, समाज, समुदाय, जन्ती, ताँती, रास, हार,लहर आदि।
ङ)
भाववाचक नाम-
सुख, दु:ख, मानवता, पशुपन, गरिबी, वीरत्व, पढाइ, लेखाइ आदि।
नामलाई गणनीय र अगणनीय, मानवीय र मानवेत्तर, जैविक र अजैविक आदि विभिन्न
प्रकारमा राखेर पनि वर्गीकरण गरिएको पाइन्छ।
२)
सर्वनाम
नाम, पद, पदावलीको सट्टामा प्रयोग हुने
शब्द सर्वनाम हुन् । सर्वनामलाई पहिचान गर्ने आधार यसप्रकार छन्।
·
नामको सट्टामा
आउँछन् । कहिलेकाहीँ पद, पदावली वा पूरै वाक्यलाई जनाउन पनि सर्वनामको प्रयोग
हुन्छ।
·
सीमित सङ्ख्यामा
छन् ।
·
विभक्ति प्रयोग
भएका नाम बाहेकका शब्दहरू सर्वनाम हुन् । विभक्ति नाम र सर्वनाममा मात्र लाग्छ।
सर्वनामका
प्रकार
क) पुरुषवाचक/व्यक्तिवाचक सर्वनाम- प्रथम पुरुष ( म, हामी),
द्वितीय पुरुष(तँ, तिमी, तिमीहरू, तपाईँ, तपाईँहरू, हजुर, हजुरहरू, यहाँहरू),
तृतीय पुरुष (यो, त्यो, ऊ, यी, ती, उनीहरू, तिनीहरू, उहाँहरू) र आत्मवाचक (निज,
आफू, स्वयं, आफूहरू, एकआपस, एकअर्का, आपसआपस) ।
ख) दर्शकवाचक सर्वनाम- यो, यी, यिनीहरू, त्यही, यी, यिनी,
यहाँ, उही, यही, त्यो, तिनीहरू, ऊ, उनीहरू, ती, तिनी, उनी, उहाँ आदि
ग) सम्बन्धवाचक सर्वनाम- जो, जो जो, जे, जे जे, जुन, जुनजुन,
जोसुकै , जुनसुकै, जेसुकै आदि ।
घ) प्रश्नवाचक सर्वनाम- के, को, कुन, कसैले, केहीले, उसले,
यसले कोही, केही, कुन आदि।
३) विशेषण
४) क्रियापद
५) नामयोगी
६) क्रियायोगी
७) संयोजक
८) विस्मयादिबोधक
९)
निपात
Comments
Post a Comment