Skip to main content

Posts

नयाँ नक्सा : राष्ट्रवादको प्रोपोगन्डा मात्रै कि समस्या समाधान को उद्देश्य पनि छ सरकार ?

 कुरा सुरु गरौँ नेपाल-इन्डिया सीमा विवादका विषयमा समाचार, अन्तर्वार्ता, लेख  आदिमा छताछुल्ल भेटिने केही तथ्यहरूबाट: १. सन् १८१६ मा हालको इन्डियाको क्षेत्रमा उपनिवेश बनाएको इस्टिइन्डिया कम्पनी र नेपाल बीच भएको सुगौली सन्धि अघिसम्म अहिले इन्डियाको भूभाग भनिएका अहिलेको नेपालको पश्चिममा पर्ने उत्तराखण्ड क्षेत्र (नैनीताल, देहरादुन आदि काँगडासम्मको भाग), दक्षिणमा विहारका केही क्षेत्र र पूर्वमा बङ्गाल राज्यको भाग (दार्जीलिङ आदि टिस्टा नदीसम्म) नेपालको क्षेत्रमा पर्थे । २. सन् १८१५ को सुगौली सन्धिले नेपालको सीमाना खुम्च्यायो। सुगौली सन्धिको पचौँ नम्बरमा यस्तो उल्लेख छ:-"नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरूको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै, त्यो इलाका तथा त्यस इलाकाका निवासीहरुसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।" ३. सन् १९७५ मा लिम्पियाधुराबाट बग्ने कालीनदी छोडेर  लिपुलेकबाट बग्ने नदीलाई आधार बनाएर नेपालको नक्सा सार्वजनिक गरियो। त्यो नक्साको क्षेत्रलाई समेत अतिक्रमण गर्दै गतवर्ष सन् २०१९ मा इन्डियाले उसको

सांसद डा. यादव अपहरण प्रकरण: खनालको सहभागीताले प्रहरीको बदनाम

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंँबाट फोन गरेर आफूहरू महोत्तरी पुगेको र सरसल्लाहमै डा. सुरेन्द्र यादव, उनका अंगरक्षक र आफन्तसँगै काठमाडौ आएको बताएको भनी संचारमाध्यमले उल्लेख गरेका छन्। उनले यो अपहरण नभएको बताएका छन् । नेपाल प्रहरीको अपराध महाशाखामा समेत नेतृत्व गरेका र प्रहरी महानिरीक्षकको पदबाट सेवा निवृत्त भएका खनाललाई अपहरण कस्तोलाई भन्ने भनेर राम्रो ज्ञान छ नै र यसमा कसैले शङ्का गर्ने ठाउँ पनि रहेन। यो प्रकरणलाई खनालले अपहरण होइन भनिरहँदा यदि कसैले अपहरण नै हो भन्छ भने उसले नेपाल प्रहरीको अपराध र अपराधी पहिचान गर्ने क्षमता मै प्रश्न उठायो भनेर बुझ्नुपर्ने हुन्छ। खनालले गर्ने कार्यमा खनाल मात्रै  हुँदैनन् , यसमा त उनलेे पाएको शिक्षा, तालिम, अग्रजबाट प्राप्त ज्ञान र सङ्गठनको सिङ्गो समाज नै प्रतिबिम्बित हुन्छ। मलाई नेपाल प्रहरीलाई बदनाम गराउनु छैन। अझैपनि केही समस्या भएमा मैले सहयोग माग्न, न्याय माग्न प्रहरी प्रशासन नै जानुपर्छ । अझैसम्म आवश्यकताले, करले, बाध्यताले वा कुनैपनि तरिकाले समस्या पर्दा प्रहरी म र म जस्ताको झिनो भएपनि आशाका केन्द्र नै हुन्। त्यसैले प्रहर

राजीनामा हैन, राजनीतिक संस्कारको विकास चाहियो प्रधानमन्त्रीज्यू !

केपी ओली प्रतिनिधिसभा निर्वाचन २०७४ ताका आम जनता माझमा सबैभन्दा ज्यादा भरोसा गरिएका राजनीतिक व्यक्ति हुन् । उक्त चुनावबाट प्रचण्ड बहुमत पाएर प्रधानमन्त्री बनेका उनी आधा कार्यकाल नबित्दै अलोकप्रियताको शिखर चढिसकेका छन्। प्रतिपक्षी दलले त सरकारको विरोध गरिरहेका छन् नै, आफ्नो दलभित्रै प्रधानमन्त्री अल्पमतमा परेका खबर सार्वजनिक भइरहेका छन्। जनतामाझ असन्तोषको भावना बढिरहेको छ। प्रधानमन्त्री संचारमाध्यम र आफूलाई आलोचना गर्ने सबैलाई तीखा वचन प्रहार गर्नमै व्यस्त देखिन्छन्। आफूप्रति किन यस्ता आलोचना आए भनेर उनले सोच्नै चाहेका छैनन् । उनी आफूले जे गरेपनि गुणगान नै सुनिरहने भोक मेटाउन खोजिरहेका देखिन्छन् । आलोचना गर्नेप्रति उनी असहिष्णु देखिन्छन्। यो अवस्थाले उनलाई कहाँसम्म पुर्‍याउने हो, आफैँ जानून्। तर यस्तै रहिरहे देश झन् अधोगति लाग्ने निश्चित छ।  म पनि उक्त चुनावमा प्रत्यक्षतर्फ केपी ओलीलाई मतदान गर्ने मध्येको एक हुँ। चुनावताका अन्य धेरै मानिस जस्तै म पनि आफ्नो गृहजिल्ला झापाको गौरादह नगरपालिका पुगेको थिएंँ । यो झापाका पाँच निर्वाचन क्षेत्रमध्ये पाँचौ निर्वाचन क्षेत्र हो जुन  क्षेत्रबाट व

सांसद विकास कोषको व्यवस्था अन्त्य गरिनु आवश्यक छ

अहिले विश्वबहसमा कोरोना छाएको छ। नेपालमा भने राजनीतिक भद्रजनहरूको लाजनीतिको चर्चा छ। मानिस कोरोना र यसले उत्पन्न परिस्थिति भन्दा पनि  नेपालको वर्तमान राजनीतिक दाउपेचमा ज्यादा चिन्तन गरिरहेका छन्। यो बाहेक पनि नेपालमा अहिले बजेटको तयारीको विषय छ, जुन छाँयामा छ। बजेटले कोरोनाको कारणले थला परेको देशको अर्थतन्त्र कसरी सम्हाल्ने हो हेर्न बाँकी छ। देशको सत्ता सम्हालेको पार्टी नेकपा आर्थिक बहसमा छैन। लाग्छ, नेकपालाई देशभन्दा पनि कसलाई कुर्सीमा  पुर्‍याउने र कसलाई हटाउने भन्ने चिन्ता ज्यादा छ। त्यसैपनि कोरोना पीडित प्रति सरकारको उदासीनता छताछुल्ल छँदै छ। यसैबीच काङ्ग्रेस केन्द्रीय समितिले सांसद विकास कोष नीति  खारेज गर्नुपर्ने निर्णय गरेको भनेर समाचार आए। यो सराहनीय कुरा हो । खासमा सांसदलाई दिइने पैसाको दुरुपयोग मात्रै भएको छ। यसलाई रोक्न सांसदलाई बाँडफाँड गरिने पैसा यो वर्षबाट रोक्नु अपरिहार्य छ। काङ्ग्रेसले यो निर्णय औपचारिकताका लागि मात्रै गरेको हो या लागू गराउन पहल गर्नेछ, त्यो भने हेर्न बाँकी छ। गत वर्ष पनि केही सांसदहरूले यस विरुद्ध आवाज उठाएका थिए तर पछि धन देखेपछि महादेवका तीन नेत्र

यसकारण मलाई राजनीति मन पर्दैन कथा

गाउँको सिरानमा हाम्रो घर थियो। घर नजिकै भिरालो भाग पारी ढुङ्गैढुङ्गाको खहरे ढाँड, जङ्गल, ठूलो ढुङ्गा र त्यसको अलि माथि चुच्चेढुङ्गा थियो । पाखामा छुट्टै एउटा बाङ्गेसाल थियो घरैबाट स्पष्ट देखिने। साँझतिर चितुवा हिँडिरहेको देखिन्थ्यो कहिलेकाँही त्यो सालको वरिपरि। ढाँडको तल्लो भागमा औले घारी र त्यो भन्दा तल्लो भागमा थकौले घारी, अनि तल भुल्के खोला बगेर भुल्केदोभानमा मलुङ खोलासँग मिल्न गएको। अर्कोतर्फ भुल्केगाउँको पारिपट्टि माधपुर ठाडो शिर पारेर उभिएको थियो। हाम्रो घरबाट पारी कान्छा मुखियाको घर नजिकै झरिरहेको वाग्दु झरना आँखामा टल्किन्थ्यो। साँझको बेला म हाम्रो घरकै घुर्‍यान तल रहेको ढुङ्गामा बस्थेँ। मेरो प्लेग्रुप, नर्सरी र यूकेजी कक्षा त्यही ढुङ्गा थियो। म त्यही ढुङ्गामाथि बसेर साथीहरूसँगै नानाथरी गाउँले राइम्स चिच्याउथेँ, त्यसमा बुबाले भन्ने सवाई, सिलोकका साथै आमाले गाउने घाँसे  र सङ्गिनी गीत आदि पर्थे, कोही उट्पट्याङ गर्नेले सिकाएका कुरा पनि हाम्रोलागि गीत बन्थे। थुप्रै गीतहरूमध्ये मेरो मुखमा झुण्डिएको एउटा यस्तो थियो- "स्कुलमा पढाउँथे हाम्रा शिक्षक कार्कीले रामचन्द्रलाई थप्पड

धर्मसँग उत्पन्न भयहरू: कोरोना अनुभूति

# सुरु देश सुब्बा भन्छन्,"जीवित प्राणीमा चेतना हुन्छ नै । चेतनाकै कारण मान्छेलाई ज्ञान हुन्छ । ज्ञानपछि भय । यही भयबाट निस्किन हामी चारैतिर दौडिरहेका हुन्छौँ, संगठन बनाउँछौँ, देश बनाउँछौँ, सम्पत्ति आर्जन गर्छौँ । आफूलाई बचाउने, सुरक्षित गर्ने सिलसिलामा अरूलाई काट्छौँ, मार्छौँ, आतंकित बनाउँछौँ ।" म भयवादी चिन्तन र दर्शनको गहिराइमा पुग्न असमर्थ छु किनकि मसँग न विषद् दार्शनिक चेत छ न भयवादको व्यापक अध्ययन। सायद चेतना भएकोले नै होला मेरो मनमा भय छ। म भयसँगै हुर्केको हुँ भन्ने मेरो बुझाइ हो र हरपाइलामा भय टेकिरहेको छु। हुन त भय दर्शन नभएर संवेग मात्रै हो भन्ने तर्क पनि बजारमा छ क्यार। जे भएपनि भयको अस्तित्व चाहिँ सत्य हो। अहिले कोरोनामय भय संसार डुलिरहेछ। मेरो मनमा कोरोना सहितका विविध भय डुलिरहेछन्। बन्दाबन्दी चलेर कोठामा थुनिएको अवस्थामा उद्घाटित केही भय पोख्न जाँदै छु। # कोरोना भय कोरोना भाइरसले अहिले महामारीको रूप लिएको छ। एक लाखभन्दा ज्यादा मानिसको मृत्यु भएको छ भने लाखौं मानिस संक्रमणको शिकार भएका छन् र अरबौँ मानिस मानिस आफ्नै घरभित्रै थुनिएका छन्। रोगको मात्रै भय छैन

लकडाउनको स्वरूप संघीय मर्म अनुसार गरी जनजीवन अलि सहज पार्ने कि ?

छिमेकमै कोरोनाको महामारी चल्दा पनि चुपचाप सुतेको हाम्रो सरकार विश्व स्वस्थ्य सङ्गठनले झकझकाएपछि बिउँझेको थियो। बिउँझेको भएपनि पूरै बिउँझन नसकी  आँखा मिच्दै बसिरहेको थियो। सबैभन्दा पहिले त सीमानाका र अन्तर्राष्ट्रिय उडानबाट आवतजावत बन्द गर्न सरकारले ढिलाइ गर्‍यो। फेरि झाँगझुगल पारेपछि सीमाका नागरिकलाई सीमामै अल्पत्र पारेर, मजदूरहरूलाई पूर्वतयारी गर्न नदिइ लकडाउन गर्‍यो। लकडाउन गर्‍यो, हाम्रै लागि गर्‍यो। देशभित्रका नागरिक स्वस्थ्य रहून् भनेर गर्‍यो। हामी लकडाउन मानेर चुपचाप बसेका पनि छौँ। सुतिसुति सरकारको निर्णयलाई सहयोग गरेकै छौँ। सरकारलाई के भन्नु र आफैँलाई सहयोग गरिरहेका नै छौँ। २०७७ वैशाख ३ गतेसम्म त सरकारले लकडाउन लम्ब्याउने निर्णय गरि सकेको छ नै। अब यो भन्दा ज्यादा लकडाउन गर्नुपरे यसको स्वरूप फेर्नुपर्छ कि सरकार ? सबैको आआफ्नो विचार हो अनि लकडाउन गर्नैपर्ने बाध्यता छ भन्ने प्रशस्त आधार पनि होलान् तर यही स्थितिमा देश बन्धक बनाइराख्नु कमसेकम म चाहिँ उचित देख्दिन। हुन त भारले पनि आफूले लकडाउन लम्ब्याउनुको विकल्प नभएको बताइसकेको छ । उता विश्व स्वास्थ्य सङ्गठनका महानिर्देश

विवादलाई पन्छाउँदै अघि बढ्दै छ त लेटाङ ?

मोरङको उत्तरी क्षेत्रमा अवस्थित २१९.२३ बर्गकिलोमीटर क्षेत्रफलमा फैलिएको लेटाङ नगरपालिका पहाड र समथर भूभाग समेटिएको सुन्दर नगरपालिका हो। प्रकृतिक स्रोत र सम्पदाले भरिपूर्ण यो नगरमा पर्यटन विकास र कृषि, जडिबुटी तथा बनजन्य उत्पादनको प्रचुर सम्भावना छ। यसको उन्नतिमा यिनै कुराको विकास भएमात्र सम्भावना छ। लेटाङ नगरपालिका तत्कालीन गाबिस लेटाङ, भोगटेनी, वारङ्गी र जाँते मिलेर बनेको नगरपालिका हो। यो जातीय विविधता बोकेको नगर पनि हो। धरान धनकुटाको सडक नखुल्दा धनकुटा, तेह्रथुम, पाँचथर आदि पहाडी भूभागबाट तराई झर्ने मुख्य बाटो नै लेटाङ थियो अथवा भनौँ लेटाङ तराई झर्ने द्वार थियो। नेपालको दोस्रो जलविद्युत आयोजना शिखरबाँस जलविद्युत आयोजना कुनैबेला लेटाङ क्षेत्रमै पर्दथ्यो, अहिले यहाँ पहिरो गएको छ। लेटाङले यो ऐतिहासिक सम्पत्तिलाई गुमाएको छ। लेटाङमा पर्ने राजारानी धिमाल जातिको आदिभूमि मानिन्छ। यसको थप खोज अनुसन्धान हुनुपर्ने देखिन्छ। राजानी क्षेत्र सुनाखरीको राजधानी पनि हो। अन्तर्धार्मिक शान्तिपार्कको योजना छ जुन विश्वव्यापी  महत्त्वको विषय हो। किसे झरना लगायतका प्राकृतिक छटा छन् । सामुदायिक वनको व्यव